साइकल को सिटमुनि लुकाएको खैरो हेरोइन सहित युवा पक्राउ

गणेश क्षेत्री ३ माघ २०८१
धनगढी – टीकापुर नगरपालिका वडान ९ खक्रौलामा साइकल को सिट मुनि लुकाएको खैरो हेरोइन सहित एक युवा पक्राउ परेका छन्
दिउँसो १२:४० बजेको समयमा चेकपोस्टमा चेकजाँच गर्दा जोशिपुर गाउँ पालिका ५ सिमराना को बर्ष २० को बिनायक डगौरा लाइ लागु औषध सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक नबिन राजा बुढाथोकि ले बताउनुभयो
बुढाथोकि ले इलाका प्रहरी कार्यालय टीकापुर बाट सुचना संकलन को लागि खटिएको टाेलिले खैरो हेरोइन १. ७६० मिलिग्राम साइकल को सिट मुनि लुकाइ राखेको अवस्थामा पक्राउ गरेको बताउनुभयो
इन्चार्ज डियसपि ले डगौरा लाई इलाका प्रहरी कार्यालय टीकापुरमा ल्याएर थप अनुसन्धान भइ रहेको बताउदै पहिले ठुलो परिमाण मा लागु औषध पक्राउ पर्नेमा अहिले चेकजाँच मा कडाइ गर्दा सानो परिमाण मा ओसारपसार गर्ने गरेको बताउनुभयो
स्थानीय समाजसेवी पुन्डरि आचार्य ले प्रहरी को सक्रियता ले लागु औषध ओसारपसार मा कमि आएको बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply