रैकवार खबर
कञ्चनपुर माघ ४
कृष्णपुरको कृष्णपुर वाणीमा माघ ५ गते रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम हुनेभएको छ ।
श्री उदय साहित्य समाजको आयोजनामा कृष्णपुर नगरपालिका २ मा उक्त कार्यक्रम को आयोजना गरिने संयोजक साहित्यकार सिर्जन श्री ले जानकारी दिनुभएको छ । ।
नयाँ स्रष्टाहरूलाई प्रोत्साहन र पुराना स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्य लिएको सँस्थाले यस्ता कार्यक्रमहरूबाट समाजको जरामा रहेका प्रतिभाहरूलाई खोज्न थोरबहुत भए पनि बल पुग्ने कार्यक्रमका संयोजक साहित्यकार सिर्जन श्रीले भन्नुभयो ।
यस कार्यक्रममा मुलुकभरिबाट चर्चित साहित्यकारहरू र नव सर्जकहरू समेतलाई निमन्त्रणा गरिएको सँस्थाकी अध्यक्ष कविवर बविता कार्कीले बताइन् ।
उनका अनुसार कवि हरिप्रसाद खतिवडा, कविराज भट्ट , रमेश पन्त मितबन्धु,जगदीश ओझा ,तिर्थराज पाण्डेय, कोपिला शर्मा, कलाकार तिलक सिह, वरिष्ठ गायिका डिक्रा वादी,गायक रमेश परियार ,साहित्यकारहरू कृष्णसिह पेला,रियल एनलाइसिस,प्रजापति नेगी,तोयनाथ भट्ट,डिल्लीराज ओझा समर्पण ,गङ्गा बिष्ट ,सत्यराज जोशी,धर्मराज जोशी,प्रेमप्रकाश कलौनी,प्रेमदत्त कलौनी,धर्मानन्द भट्ट,डम्मरी जोशी,पदम प्रकाश साउँद,तिर्थराज भट्ट,चाँदनी भट्ट,सन्दिप समर्पण,साक्षी खतिवडा,अमित प्रसाद भट्ट,निर्मला पन्त,सन्तोष ढाँट,गोकर्ण गिरी,हिमाल शाही,सतिस चुनारा,तेजराम लोहार,द्रोपती पाण्डेय ,लोक बिक्रम मल्ल,गडसेरी माइला आदिलाई निमन्त्रणा गरिएको बताईएको छ ।
यस कार्यक्रमको मुख्य उद्देश्य कृष्णपुर र शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँ पालिका वरपर रहेका नवप्रतिभाहरूको खोजी गर्नु र केही सिध्दहस्त पुराना स्रष्टाहरूलाई सम्मान गर्ने रहेको छ ।
र यस कार्यक्रमको मिडिया पार्टनरको रूपमा EN Nepal र रैकवार खबर राष्ट्रिय दैनिक रहेकाछन् ।