बर्षा सुनार
४ माघ २०८१
कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका-८ राजघाट स्थित नवज आधारभूत विद्यालयको ३१ औं वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले व्यानर अनावरण तथा दिप प्रज्वनन् गरी उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमका शुभकामना मन्तव्य राख्दै ओझाले शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थी र अभिभावकहरुको पारस्परीकता र सहयोगीले मात्र विद्यालयको दिगो विकास हुने कुरामा जोड दिएका थिए । निजी लगानीमा संचालीत वोडिङ्ग स्कुलमा रहेकोले भन्दा क्षमतावान शिक्षक सरकारी स्कुलमा रहेकोले शिक्षाको गुणस्तर बृद्धिमा एकताका साथ लाग्न शिक्षकहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिनेश खड्का, कृष्णपुर ९ का अध्यक्ष कैलाश बलायर, अतिथि नवज्योति आधारभूत विद्यालयका प्रअ टेकबहादुर साउद,निवर्तमान प्रअ नवज्योति आधारभूत विद्यालयका दिपेन्द्र खड्का, दिज राज ओझा शिक्षक साथै स्थानीय अभिभावकको वाक्लो उपस्ति रहेको थियो । अतिथिलाई दोसल्ला तथा मायाँको चिनो प्रदान गरिएको थियो । कार्यक्रम नवज्योति आधारभूत विद्यालयका धनबहादुर विककाे अध्यक्षता शिक्षि चन्द्रबहादुर महराको को स्वागत तथा शिक्षक चन्द्रबहादुर महराको संचालनमा सम्पन्न भएको थियो ।