माघ ५ धनगढी
उदय साहित्य समाज वाणीले रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम गरेको छ। नयाँ सर्जकहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उदय साहित्य समाजका अध्यक्ष ले बताउनुभयो।
कृष्णपुर नगरपालिकाको वडा नम्बर २ वाणीमा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर २ का अध्यक्ष अर्जुन साउद रहनुभएको थियो। कार्यक्रममा नयाँ तथा पुराना साहित्यकार हरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने साहित्यकारहरुलाई सम्मान समेत गरिएको छ।
कार्यक्रममा नव सर्जकका रूपमा आएका विद्यार्थीहरूले सरकार र वर्तमान राजनीतिप्रति व्यङ््यात्मक सिर्जनाहरू प्रस्तुत गरेका छन्। कार्यक्रममा नवसर्जक टेकराज जोशीले “मोटर गुट्ने बाटो छैन, हेर्नलाई रेल ल्याउने रे ।
हेर्न ल्याएको काम छैन भ्युटावर बनाउने रे ।।
लुटी ल्यायो भुटी खायो बनेको छ युवाको जिन्दगी ।
अझ कृषि अनुदान घटाएर स्वरोजगार बनाउने रे ।।
आँसु पोखी दुःख बोकी जनता प्रदेशतिर लागे ।
रेमिट्यान्सको पैसा खाँदै भविष्य चाहिँ उनीहरुकै बनाउने रे।।”
कविता सुनाएका छन् ।
कार्यक्रममा कवि, गजलकार, गीतकार, देउडिया कलाकारहरू, गायकहरू सहभागिता रहेको थियो। विभिन्न आआफ्ना रचनाहरू सुनाउँदै समाज र सरकारका गलत कामहरूलाई व्याङ्कात्मक रुपमा विरोध समेत जनाएका छन्।
कृष्णपुर नगरपालिकाको वडा नम्बर २ को सहयोगमा भएको साहित्यिक कार्यक्रममा “कृष्णपुरका बालबालिकाको चौथर्पी विकास बालबालिकाले स्वस्फुर्त निर्णय लिन सक्ने सबैले निकालौं विकास निकास” नाराहरू सहित वडा कार्यालय विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।
स्रष्टाहरूले नेपाली, डोटेली, हिन्दी भाषामा आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए।
साहित्यकार तथा आयोजक तर्फका सृजनश्रीले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष अर्जुन साउथले यस क्षेत्रका विद्यार्थीहरूलाई साहित्य रचना सिक्ने सिकाउने प्रयासका रुपमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । अध्यक्ष साउदले कृष्णपुर वडा नं २ ले केही समयपछि अन्तर्राष्ट्रिय स्तरको कवि सम्मेलन हुने पनि जानकारी गराउनुभयो । प्रमुख अतिथि साउदले अहिलेको पुस्ता डिजे र डिस्कोमा भुलिरहेको अवस्थामा साहित्यिक सर्जकहरूको जमघट र कार्यक्रमले नयाँ पुस्तालाई नयाँ कुराहरू सिक्न र साहित्यिक क्षेत्रमा अगाडि बढ्न कार्यक्रमले सहयोग पुग्ने विश्वास गर्नुभएको छ ।
कार्यक्रमको सञ्चालन साहित्यकार बबिता कार्कीले गर्नुभएको थियो। कार्यक्रममा ३० जनाभन्दा बढी नव सर्जकहरूले आफ्ना प्रस्तुतिहरु राखेका थिए। कार्यक्रममा लोक विक्रम मल्ल, कविराज भट्ट, खिमानन्द बडु, श्री जनश्री, गङ्गा बिष्ट, तेजराम लुहार, डम्बरी जोशी, र मञ्जुगिरी लगायतका साहित्यकारहरूले आफ्ना साहित्यिक रचनाहरू सुनाएका थिए।
लामो समयदेखि पुराणप्रसिद्ध मानसखण्डको सुदूरपश्चिम प्रदेश अन्तर्गत रही नेपाली तथा डोट्याली भाषा, कला, साहित्य तथा संस्कृक्तिका क्षेत्रमा लेखन, प्रकाशन तथा कार्यक्रम सञ्चानलन लगायत भाषा, साहित्य संस्कृक्तिक क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरू लाई श्री उदय साहित्य समाज कृष्णपुर ०२ कञ्चनपुरद्वारा प्रशंसा पत्र सहित सम्मान गरिएको थियोे । कार्यक्रममा सम्मानित व्यक्तित्वले साहित्य प्रतिष्ठानबाट आफू सम्मानित हुनु पाउँदा अति नै खुशी लागेको र गर्वको अनुभूति भएको बताए ।
कार्यक्रमका प्रमुख साउदले सम्मानित व्यक्तित्वलाई बधाई ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ अन्य अतिथिहरूले पनि आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो । सम्मानित स्रष्टाहरू पनि आफ्ना विचार एवम् कविता प्रस्तुत गर्नु भएको थियो ।