कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा माघी मिलन वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

हेमा भट्ट
माघ ११ धनगढी
कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा माघी मिलन तथा संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ९ को आयोजना तथा वनदेवी सामुदायिक वन उपभोक्ता समुहको सहयोगमा माघी मिलन तथा संस्कृतिक कार्यक्रम शुक्रबार सामुदायिक वनको प्राङ्गणमा सम्पन्न भएको छ ।

वडान अध्यक्ष कैलाश बलाएर को सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब परराष्ट्र मन्त्री एवं कंचनपुर क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य माननीय नारायण प्रकाश साउँद प्रमुख अतिथि रहनुभएको थियो विशिष्ट अतिथि सुदुर पश्चिम प्रदेश सभा सदस्य माननिय गिता चौधरी र प्रदेश सभा सदस्य माननिय बिक्रम सिह धामि, धनगढी उप महानगर पालिकाका निबर्तमान मेयर नृप वड, कृष्णपुर नगरपालिका का मेयर हेमराज ओझा, नगर उप प्रमुख द्रोपति राना, पिपरिया सब डिभिजन बन अधिकृत हेमनारायण साहनि, कृष्णपुर नगरपालिका ८ का अध्यक्ष दिनेश खड्का जयसिह बिष्ट र स्थानियको बाक्लो उपस्थिति रहेको थियो।

प्रमुख अतिथि साउँदले माघ मिलन कार्यक्रमको उद्घाटन गर्दै मौलिक कला संस्कृतिको संरक्षण संगै त्यसलाई आय आर्जन संग जोड्नेगरी आगामी सरकारले कार्यक्रम बनाएको बताएका छन् । मौलिक कला संस्कृतिको संरक्षण सँगै त्यसलाई आय आर्जनसँग जोड्न जानकारी गराए उनले माघे सङ्क्रान्ति तथा माघ साझा पर्व भएको उल्लेख गर्दै सबै जातजातिको भावनात्मक सम्बन्ध बलियो बनाउन र थप एकता कायम गर्न मद्दत गरेको जानकारी गराउदै वडाले आयोजना गरेको कार्यक्रम थारू समुदायको संस्कृति र परम्परा लाई जोगाउन टेवा पुगेको बताए ।

विशिष्ट अतिथि प्रदेश सभा सदस्य माननीय गिता चौधरीले माघि मिलन कार्यक्रम ले कला संस्कृति लाई अझ सशक्त रूपमा कायम राख्दै सामाजिक सदभावलाई बलियो बनाउनका साथै मौलिक कला सँस्कृतिलाइ संरक्षण र सम्मान गर्नु हामी सबैको दायित्व हाे बताइन् साथै थारुहरुको भलमन्सा परम्परा लाइ सशक्त बनाउन ऐन बारे स्थानीय सरकारले ल्याउने बताउदै आफ्नो मन्तव्य थारु भाषा मा व्यक्त गरेकी थिइन् ।

कार्यक्रम मा संस्कृति झल्किने आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम मा नगर उप प्रमुख द्रोपति राना , पिपरिया सब डिभिजन बन अधिकृत हेमनारायण साहनि, कृष्णपुर नगरपालिका ८ का अध्यक्ष दिनेश खड्का कञ्चनपुर जिल्ला समन्वय समितिका सदस्य जयसिह बिष्ट र स्थानियको बाक्लो उपस्थिति रहेको थियोे । कृष्णपुर नगरपालिका वडा नम्बर ९ को आयोजना तथा वनदेवी सामुदायिक वनको सहकार्यमा कार्यक्रम गरिएको हो । वडा अध्यक्ष कैलाश बलायरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वनदवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply