१८ माध १२०८१
सिन्धुली, १८ माघ ।। किरात देवास राई भाषाकाे पढाइ प्रवाहका लागि पाठ्यपुस्तक लेखन गाेष्ठी आज सम्पन्न भएको छ । गत बुधबार देखि सञ्चालन भएकाे साे कार्यक्रम शुक्रबार सम्पन्न भएकाे हाे ।
हिमाली आदिवासी समाज नेपालको आर्थिक सहयोग तथा किरात देवास राई उत्थान समाज नेपाल केन्द्रिय समितिको आयोजनामा सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ गुर्जीमा भएकाे थियाे ।
कार्यक्रममा किरात देवास राईहरूले बाेल्ने भाषाकाे पाठ्यपुस्तक तयार पार्नकाे लागि लेखन सीप सम्बन्धी प्रशिक्षण गरिएकाे हिमाली आदिवासी समाजका राई फिल्ड सुपरभाइजर राजमान राईले जानकारी दिए । कार्यक्रममा सहभागीहरूले देवास भाषामा आफ्नाे जातीय इतिहास, संस्कार, संस्कृति, गीत, कला तथा साहित्य सम्बन्धि लेखहरू तयार पारिएकाे र उक्त लेखलाई पाठ्यपुस्तकमा समेटिने सुपरभाइजर राईले बताए । उनका अनुसार देवास राई भाषाकाे वर्ण पहिचान पछि पाठ्यपुस्तक निर्माणकाे कार्य थालनी गरिएकाे हाे । पाठ्यपुस्तक निर्माण पछि देवास राई समुदाय स्तरमा प्रवाहका लागि कक्षाहरू सञ्चालन गरिने याेजना समेत रहेकाे छ ।
कार्यक्रमकाे समापन सत्रमा समाजका कार्यबाहक अध्यक्ष श्याम बहादुर राईले देवास राई भाषाकाे पाठ्यपुस्तक निर्माण गर्नका लागि आर्थिक तथा प्राविधिक सहयाेग गर्ने हिमाली आदिवासी समाज नेपाल नामक संस्थालाई धन्यवाद दिए ।
गाेष्ठीमा मकवानपुरकाे बागमती गाउँपालिका र सिन्धुलीकाे हरिहरपुगढी गाउँपालिकाका १८ जना प्रशिक्षार्थीहरूकाे सहभागिता रहेकाे थियाे । देवास राई भाषाबाट पाठ्यपुस्तक लेखन सम्बन्धी यस कार्यक्रम देवास राईहरूका लागि एक ऐतिहासिक कार्य भएकाे र आफूहरूले विशेष चासाेका साथ लिएकाे सहभागीहरूले बताए । आफूले बाेल्ने भाषाकाे वर्णहरू समेत थाहा नभएकाे र यस कार्यक्रममा वर्ण पहिचान गर्न पाउँदा र आफै पाठ्यपुस्तक निर्माण गर्न पाठ्यसामाग्री तयारीका लागि लेखनशैली सीप समेत सिकेर पाठ्यवस्तु तयार पारी दिन पाउँदा आफूहरू अत्यन्तै खुशी भएकाे सहभागीहरूकाे प्रतिक्रिया थियाे ।
प्रशिक्षण गाेष्ठी कार्यक्रममा हिमाली आदिवासी समाज नेपालकी कार्यक्रम संयाेजक टेसी डाेमा भाेटे ल्हाेमी र समाजका सहजकर्ता टिआर कठरियाले सहजिकरण गरेका थिए ।
किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समिति द्वारा आयाेजित तीन दिवसीय साे कार्यक्रमकाे समापन कार्यबाहक अध्यक्ष श्याम बहादुर राईकाे अध्यक्षतामा भएकाे थियाे ।