धनगढी २३ माघ
कैलालीको धनगढी उपमहानगरपालिकाले गोदावरी नगरपालिकालाई १ लाख ९० हजार जरिवाना तिरेको छ । उपमहानगरपालिकाका ब्याक लोडर र टिप्पर गोदावरी नगरपालिका – ९ सेहरीबाट अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा फेला परेपछि जरिवाना तिराइएको हो ।
माघ १७ गते जिल्ला समन्वय समिति कैलालीको टोलीले अनुगमनका क्रममा धनगढी उपमहानगरपालिकाका २ ब्याक लोडर र ३ टिप्परलाई अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा फेला पारेको थियो ।
सो क्रममा अनुगमन टोलीले अन्य २१ वटा सवारी साधन पनि नियन्त्रणमा लिएको थियो ।
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले अवैध उत्खनन गर्ने धनगढी उपमहानगरपालिकाका ५ वटा सवारी साधनलाई जिल्ला समन्वय समितिको निर्देशन अनुसार जरिवाना गराइएको बताए । उनले ब्याक लोडरलाई ५०–५० हजार र टिप्परलाई ३०–३० हजारका दरले जरिवाना गराइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1