हेमा भट्ट
२३ माघ २०८१
कञ्चनपुर – कृष्णपुर नगरपालिका – ४ मा रहेको प्रसिद्ध ग्वासी समैजी देवस्थल मालुवेला भब्यताका साथ सम्पन्न भएको छ
मेलामा दर्शनार्थीहरुको घुइँचो लागेको थियो ! ग्वासि समैजि देवस्थल मालुवेलामा मेला हरेक बर्ष माघ सप्तमिका दिन लाग्ने गर्दछ !
भक्तजनहरुले मन्दिरको दर्शन गर्नाले र भाकल गरेमा मनले चिताएको पुरा हुने जनबिश्वास रहेकोले दर्शनार्थीहरुको भिड लाग्नेगरेको पाइएको छ
मेला पश्चात् बिद्या निकेतन का शिक्षक र विद्यार्थीको सक्रियता मा बुधबार सरसफाइ कार्यक्रम सञ्चालन गरेका छन्
बिद्या निकेतनका विद्यार्थीहरूको सक्रियतामा कृष्णपुर नगरपालिका वडा नम्बर ४ मालुवेला अवस्थित पुजा दिब्यमेला स्थित ग्वासी समैजी देवस्थल मालुवेला वरपर सरसफाइ कार्य सम्पन्न गरिएको शिक्षक झंकर बहादुर खड्काले जानकारी दिए शिक्षक खड्काले बालबालिकाहरूलाई विद्यालय स्तरमै अनुशासित भई समाज सेवाको भावना जागृत गराउने उदेश्य का साथ विभिन्न कार्यहरू गर्दै आएको बताउनुभयो
सरसफाइमा संलग्न बिध्यार्थिहरुले मन्दिर जस्तो पबित्र स्थलको सरसफाइ गर्दा आनन्द को अनुभुती भएको बताएका थिए !
बिद्या निकेतन विद्यालय ले मन्दिर र सार्वजनिक स्थलमा सरसफाइ लगायतका उदाहरणीय कार्य सञ्चालन गरेकोले सराेकारवाला मन्दिर व्यवस्थापन समिति र स्थानीय सरकारले विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरेका छन्
ग्वासि समैजि मन्दिरमा लाग्ने मेलाको दर्शन गर्न सुदूरपश्चिम प्रदेश कैलाली, कञ्चनपुर, डाेटी, डडेलधुरा, अछाम, बझाङ, बैतडी,दार्चुला, बझाङका दर्शनार्थी आउने गरेका छन् । गुलरिया बजार राजमार्ग देखि १० किलोमिटर उत्तर पट्टी रहेको छ । ग्वासी समैजी देवस्थल मन्दिर पर्यापर्यटकीय धामका रूपमा समेत विकास हुँदै गइरहेको छ ।














