धनगढी २३ माघ
कैलालीको एक कुखुरा फर्ममा आगलागी भएको छ। मंगलबार जिल्लाको गौरीगंगा नगरपालिका–१० उदासीपुर बस्ने ४० वर्षीय धनसिंह भण्डारीको कुखुरा फर्ममा आगलागी भएको हो।
आगलागी हुँदा फर्म भित्र रहेका बोइलर कुखुराका चल्ला, दाना, औषधी, काठ, खर लगायतका सामान गरी अन्दाजी रु १ लाख ५७ हजार ३ सय बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको र सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1