कञ्चनपुरबाट लागू औषध सहित एक जना पक्राउ

फागुन ९ धनगढी
कञ्चनपुरबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पुर्नवास नगरपालिका–११ डोकेबजारमा भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा बैतडीका कमल भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

बैतडीको पाटन नगरपालिका–६ बस्ने २८ वर्षिय भण्डारीलाई ८१० मिलिग्राम लागूऔषध सहित नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भण्डारीलाई नियन्त्रणमा लिएको र सो विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply