फागुन १९ धनगढी
कैलालीको अत्तरियामा स्कुटर दुर्घटना हुँदा प्रहरी नायब निरीक्षक (सई ) योगेन्द्र बहादुर बोहराको निधन भएको छ । सोमबार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत गोदावरी नगरपालिका – २ विद्युत् कार्यालय नजिक अनियन्त्रित भएर स्कुटर दुर्घटना हुँदा सई बोहराको निधन भएको हो ।
सु.प.प्र. ०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना हुँदा घाइते भएका बोहराको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा निधन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
उनी हाल सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीको व्यक्तिगत सुरक्षाका लागि खटिने निजी सुरक्षा गार्ड (पिएसओ) को रूपमा कार्यरत थिए ।
बझाङको मष्टा गाउँपालिका –७ निवासी बोहरा हाल गोदावरी नगरपालिका – ५ गेटामा बस्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1