कञ्चनपुरको बेलौरीका विपन्न २५ नागरिकका घर बन्दै

चैत १४ धनगढी
कञ्चनपुरको बेलौरी नगरका विपन्न नागरिकका लागि घर निर्माण हुन लागेका छन ।
जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका चार वडाका २५ विपन्न परिवारका लागि पक्की निर्माण हुन लागेका हुन ।

बेलौरी नगरपालिकाले ५, ६, ७ र ८ वडाका विपन्न नागरिकका लागि आधुनिक पक्की घर बनाईन लागेको छ । बैलौरी नगरपालिका र निड्स नेपालको संयुक्त साझेदारी कार्यक्रम अन्र्तरगत अहिले २५ घर निर्माण हुन लागेको हुन ।

बुधबार एक कार्यक्रमका विच बेलौरी नगरका मेयर पोतिलाल चौधरीको उक्त भवनको शिलान्यास गर्दै यथाथिश्र समयमै निर्माण हुने बताउँदै जनताले समयमै घर पाउने बताए ।

मेयर चौधरीका अनुसार सुरक्षित आवास कार्यक्रम अन्र्तरगत विपन्न नागरिकका लागि घर निर्माण गर्न लागिएको छ । यस अघि बेलौरी ९ र १०का १५ विपन्नका घर निर्माण गरेर हस्तान्तरण गरिएको थियो । बेलौरीका विपन्न नागरिकका घर निर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन ।

यस अघि झुपडी र खरले छाएको कच्ची घरमा बस्दै आएका विपन्न परिवारका लागि नगरपालिकाले घर निर्माण गरिदिएपछि हर्षित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply