सुनको मूल्य आज १ हजार ४ सयले बढ्यो

चैत १५ धनगढी
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला १ लाख ७४ हजार ८ सयमा कारोबार भएको सुन आज १ हजार ४ सय रुपैयाँले बढेर तोलामा १ लाख ७६ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० बढेर २ हजार ४० रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply