हङकङ टी-२० सिरिजको उपाधिका लागि नेपाल र कुवेत भिड्ने

चैत ३० धनगढी
नेपाल हङकङमा जारी चारदेशीय टी-२० सिरिजको फाइनलमा पुगेको छ।

शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनल पुगेको हो।

नेपालले टस जितेर पहिले बलिङ गरेको खेलको ९ ओभरमा हङकङले ३ विकेट गुमाएर ६८ रन बनाएको थियो। त्यसपछि वर्षाका कारण खेल रोकिँदै रद्द भएको हो।

लिग चरणमा अपराजित नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई हराएको थियो। शनिबार भएको लिगको अन्तिम खेलमा हङकङ विरुद्ध बलिङ गरिरहँदा खेल वर्षाले रद्द भयो।

यससँगै नेपालले तीन खेलबाट ५ अङ्क जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का गर्‍यो।

यता आजै कतारलाई पराजित गरेको कुवेतले पनि फाइनलमा स्थान पक्का गरेको थियो। अब नेपाल र कुवेतबीच भोलि उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

समूह चरणमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। त्यसअघि कतारलाई ८ विकेटले पराजित गरेको थियो।

कुवेतले समूह चरणमा हङकङ र कतारलाई पराजित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply