राष्ट्रिय खुल्ला टी–२० क्रिकेटमा अत्तरिया विजयी

वैशाख ३ धनगढी
पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगितामा अत्तरिया क्रिकेट एकेडेमी विजयी भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘डी’अन्तर्गत मंगलबारको खेलमा अत्तरिया विजयी भएको हो । अत्तरियाले होराइजन क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको थियो ।

१ सय ४० रनको लक्ष्य पाएको अत्तरियाले १८.२ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । टेक रावतले सर्वाधिक ६१ रन बनाए । उनले ४२ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे । बिपीन रावलले २६, अर्जुन विकले १६, हिक्मत महरले १३, खगेन्द्र जोशीले ८, निश्चल क्षेत्रीले ५, बसन्त खत्रीले १ रन बनाए । ३ बल खेलेका ओपनर अभिषेक पालले रन बनाउन सकेनन् । होराइजनका लागि तुलबहादुर थापा र शुभम खनालले २–२ तथा महेश भार र निर्मल गुरुङले १–१ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको होराइजनले १९.१ ओभरमा १० विकेट गुमाएर १ सय ४० रन बनायो । होराइजनका लागि कमल विष्टले सर्वाधिक ३९ रन बनाए । उनी ४६ बलमा ३ चौका र १ छक्का प्रहार गरेर आउट भए । बिपर्सन केसी ३५ रनमा नटआउट रहे । उनले १५ बलमा ४ चौका र २ छक्का प्रहार गरे । नरबहादुर सार्की २७, निर्मल गुरुङ १३, आरिफ खान ५, तुलबहादुर थापा ४, शुभम खनाल ३, सुमन पाण्डे र महेश भार १–१ रनमा आउट भए ।

अत्तरियाका बसन्त खत्रीको बलिङ उत्कृष्ट रहृयो । उनले १.१ ओभरमा ४ रन खर्चिएर ३ विकेट लिए । भोजराज भट्टले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सुशील साउदले २, हिक्मत महर र अर्जुन विकले समान १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply