धनगढीमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधी डोटीलाई

वैशाख ३ धनगढी
धनगढीमा सम्पन्न राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय युवा संघ डोटीले हात पारेको छ । धनगढी रंगशालामा मंगलबार भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा मालिकार्जुन दार्चुलालाई पछि पार्दै राष्ट्रिय युवा सङ्घ डोटीले उपाधि हात पारेको हो। प्रतियोगिताको दृतीय स्थान मालिकार्जुन दार्चुलाले हात पारेको छ भने रानाथारु आदर्श युवा क्लबले तृतीय स्थान हात पारेको छ।

राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा चैत २९ गतेबाट धनगढी रंगशालामा सुरु भएको थियो ।

प्रतियोगितामा प्रथम हुने टीम राष्ट्रिय युवा सङ्घ डोटीले नगद २ लाख २५ हजार पुरस्कार प्राप्त गरेको छ। यस्तै द्वितीय स्थान हासिल गर्ने टिम मालिकार्जुन दार्चुलाले १ लाख २५ हजार तथा तेस्रो स्थान हासिल गर्ने रानाथारु आदर्श युवा क्लबले नगद ७५ हजार पुरस्कार प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply