जीवन रक्षाका लागि सहयोगको अपिल

हेमा भट्ट
कञ्चनपुर, बेदकोट नगरपालिका – तीन वर्षीय साइमोन राना, जन्मेको छैठौं महिनादेखि निरन्तर रक्तअल्पता (रगत कम हुने समस्या) बाट पीडित छन्। उनको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ। हाल चिकित्सकहरूको सल्लाह अनुसार उनको जीवन रक्षाका लागि बोन म्यारो ट्रान्सप्लान्ट आवश्यक भइसकेको छ।

साइमोनकी आमा पवित्रा राना थारुका अनुसार छोराको उपचारका क्रममा देशका विभिन्न अस्पतालमा बारम्बार भर्ना गरी रगत चढाउँदै आइरहेको बताउँछिन्। तर अबको उपचार प्रक्रिया अत्यन्त महँगो भएकाले आफूसँग आवश्यक आर्थिक स्रोत नहुँदा छोराको जीवन संकटमा परेको उनले दुखेसो पोखिन्।

साइमोनको उपचारमा सहयोग पुर्‍याउन इच्छुक महानुभावहरूले निम्न बैंक खातामा रकम पठाएर साथ दिन सक्नुहुन्छ:

पवित्रा राना थारु
सिद्धार्थ बैंक
सिद्धार्थ प्लेटिनम बचत खाता नं.: ०११२०५७३०००

सम्पर्क:
पवित्रा राना (आमा) – ९८४९७३४७१४
ठेगाना – बेदकोट नगरपालिका वडा नं. ५, कञ्चनपुर

एक सानो सहयोगले साइमोनको जीवन बच्न सक्छ! हार्दिक आभार !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply