युथ अफ टीकापुर र नारायण स्पोस्ट्र्र क्लव संस्कार कृकेटको फाईनलमा

वैशाख ९ धनगढी
धनगढीमा जारी टीम ईलाभेन संस्कार कृकेट प्रतियोगिताको फाईनलमा नारायण स्पोर्ट क्लव र युथ अफ टीकापुर भिड्ने भएका छन् । सोमबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा नेपाल वेष्ट्रन एकेडेमी धनगढीलाई ४ विकेटले पराजीत गर्दै फाईनल यात्रा तय गरेको हो ।

टस जितेर पहिला ब्याटिङ् गरेको नारायण स्पोर्ट क्लवले २० ओभर खेल्दै ६ विकेटको क्षेतिमा २ सय १४ रन जोडेको थियो । २ सय १५ रनको लक्ष पच्छ्याएको नेपाल वेष्ट्रन एकेडेमी १७ दखमलव ५ ओभरमा अल आउट हुँदै १ सय १९ रनमा समेटिन पुग्यो ।

सोमबारनै भएको अर्को सेमिफाईनल खेलमा सायल गाउँपालिका डोटिलाई पराजीत गर्दै युथ अफ टीकापुर फाईनल प्रवेस गरेको हो । सायलले दिएको १ सय ६ रनको लक्ष्य युथ अफ टीकापुरले १५ दशमलव ३ बलमा पूरा गर्दै फाईनलका लागि स्थान पक्का गरेको हो ।

प्रतियोतिताको फाईनल खेल मंगलबार दिउसो १ बजे देखि हुने छ । प्रतियोगिता समापन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले गर्ने छन् । प्रतियो गिता विजेता टोलिले नगद १ लाख ११ हजार १ सय ११ र आकर्षक ट्रफि प्राप्त गर्ने छ ।

त्यस्तै उप विजेताले ५५ हजार ५ सय ५५ रूपैया नगद संगै आकर्षक ट्रफि प्राप्त गर्ने छ । चैत ३० गते देखि सुरू भएको प्रतियोगितामा १३ टीमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply