कैलाली र कञ्चनपुरबाट ५ लाख बढी मूल्यका भन्सार छलिएका सामान बरामद

वैशाख ९ धनगढी
कैलाली र कञ्चनपुरका विभिन्न स्थानहरूबाट प्रहरीले ५ लाखभन्दा बढी मूल्यका अवैध भन्सार छलिएका सामान बरामद गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार, सोमबार कैलालीको धनगढी उपमहानगरपालिका–३ (पुरानो होन्डा शो–रुम नजिक), वडा नं। ७ (मनेहरा), वडा नं। १४ (डि गाउँ), गोदावरी नगरपालिका–४ (बनदेवी मन्दिर नजिक), जोशिपुर गाउँपालिका–१ (पिपरकोटी) र टीकापुर नगरपालिका–९ (बालुवाटार) क्षेत्रबाट करिब ३ लाख ३२ हजार ८१० रुपैयाँ बराबरका सामान बरामद गरिएको हो।

बरामद गरिएका सामग्रीहरूमा चिनी, बिडी, सुर्ती, गुट्खा, छिद्रा माछा, श्रृंगारका सामग्री, खेलौना, थानका कपडा, नल्का बनाउने सामान, नट–बोल्ट, प्लास्टिक झोला लगायतका वस्तुहरू रहेका छन्।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ (भुजेला) र वडा नं। १७ (बासखेडा) क्षेत्रबाट करिब २ लाख ४२ हजार ७०० रुपैयाँ बराबरका जुत्ता, कपडा, हार्डवेयर तथा किराना सामग्रीहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरिएका सबै सामान आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply