वैशाख ९ धनगढी
धनगढीमा सम्पन्न टीम ईलाभेन संस्कार सिनियर कृकेट प्रतियाेगिताकाे उपाधि नारायण स्पाेर्ट क्लव कञ्चनपुरले जितेकाे छ ।
जित संगै नारायण स्पाेर्ट क्लवले नगद १ लाख ११ हजार १११ सहित आकर्षक ट्रफि हात पारेकाे छ ।
उप विजेतामा चित्त बुझाएकाे युथ अफ टीकापुरले ५५ हजार ५५५ नगद सहित ट्रफि प्राप्त गर्याे ।
मंगलबार सम्मपन्न पाईनल खेलमा युथ अफ टीकापुरलाई ५ विकेटले पराजीग गर्दै नारायणले उपाधि हात पारेकाे हाे ।
टस जितेर पहिला ब्याटिङ गरेकाे युथ अफ टीकापुर १३ दशमलव ४ ओभरमा सवै विकेट गुमाउदै ७८ रनमा समेटिएकाे थियाे ।
युथ अफ टीकापुरका लागि सुदिप साउँदले १६ तथा दिनेश रावतले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानकाे प्रदर्शन निरासाजनक रह्याे ।
टीकापुरलाई सस्तैमा राेक्न नारायणका नेहाल दास र सचिन भट्टले समान ३/३ विकेट लगे ।
७९ रनकाे लक्ष्य नारायण स्पाेर्ट क्लवले १२ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्याे । नारायणका लागि राहुल चन्दले १७ तथा सुनिल चन्दले अविजित १६ रनकाे पारी खेले ।
बलिङ् तर्फ युथ अफ टीकापुरका सागर रावलले ३ विकेट लगे ।
संस्कार विद्याश्रम गाेदावरी नगरपालिका-८ स्याउलेकाे आयाेजनामा चैत ३० गते देखि सुरू भएकाे प्रतियाेगितामा डाेटी, कैलाली र कञ्चनपुरबाट १३ टाेली सहभागी रहेका थिए ।
प्रतियाेगिताकाे वेष्ट ब्याट्स म्यान नारायण स्पाेर्का सुमित बुढाल भए । त्यसैगरी वेष्ट बवल उत्तर त्रसुलका अनुप छेडाल घाेषित हुदा संस्कार विद्याश्रमका कप्तान रावल ईमर्जिङ प्लेयर बनेका छन् । अत्तरिया अनलाइन