वाईसियल पुनर्वास नगरको अध्यक्षमा आयुषजंग बस्नेत चयन, २१ सदस्यीय कार्यसमिति घोषणा

हेमा भट्ट, ११ बैशाख २०८२
कञ्चनपुर- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाईसियल) पुनर्वास नगरको अध्यक्षमा आयुषजंग बस्नेत चयन भएका छन्। बिहीबार सम्पन्न दोस्रो नगर अधिवेशनले बस्नेतको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

वाईसियल कञ्चनपुरका इन्चार्ज रघुबिर धामी (तुफान) का अनुसार समितिको चयन सहमतिको आधारमा गरिएको हो। समितिमा उपाध्यक्ष सालिम तामाङ र प्रवेस राना, सचिवमा सुनिल कोली, सह–सचिवमा पार्वती बडू लगायतका युवाहरू सहभागी छन्।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम विक्रम भाट (सरल) रहनुभएको थियो। उहाँले नवगठित कार्यसमितिलाई राष्ट्र, जनता र युवाको हितमा इमानदारीका साथ काम गर्न निर्देशन दिनुभएको थियो।

विशेष अतिथिमा वाईसियल सुदूरपश्चिम प्रदेश इन्चार्ज मीन बहादुर घर्ती, वाईसियल केन्द्रीय सचिव तथा कृष्णपुर–२ का वडाध्यक्ष अर्जुन साउद, जिल्ला इन्चार्ज रघुबिर धामी, संयोजक तिलक जप्रेललगायत माओवादी नेताहरू सहभागी थिए।

उनीहरूले नयाँ नेतृत्वलाई संगठन बलियो बनाउन र युवालाई सामाजिक परिवर्तनका लागि अग्रसर गराउन सुझाव तथा शुभकामना व्यक्त गरेका थिए।

नव-निर्वाचित कार्यसमितिले स्थानीय युवा परिचालन, समाज रूपान्तरण र राष्ट्र निर्माणमा वाईसियलको भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply