तालिमका लागि न्यून बजेट भएको चौतर्फी गुनासो
धनबहादुर बिक
पुनर्वास १२ बैसाख
पुनर्वास नगरपालिका १० विकास बस्तिमा शुक्रबारदेखि २ महिने आधारभुत कम्प्युटर तालिमको उद्घाटन भएको छ ।
परम्परागत सिपहरुको आधुनिकीकरण गर्दै आर्थिक अवस्थामा सुधार समतामूलक समाजको निर्माणमा रचनात्मक योगदान मुल नारा सहित तालिमको उद्घाटन भएको हो ।

वडाको बिनियोजित १ लाख बजेटमा सञ्चालन हुन लागेको उक्त तालिममा वडा नम्बर १० र ११ का १५ जना दलित बिध्यार्थि हरू प्रशिक्षार्थी रहेका छन ।
२०८२ वैशाख १२ गतेदेखि असार १२ गते सम्म सञ्चालन हुने उक्त तालिमबाट प्रशिक्षार्थी हरूले कम्प्युटर को आधारभुत तह को बिषयहरू सपक्ने अध्यक्ष रामकृष्ण ताम्राकारले बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर १० का अध्यक्ष सुकदेव रानाले समाजका पछाडि परेका बर्ग दलित बिध्यार्थिका लागि सीप विकास तालिमको व्यवस्था गर्न पाएकोमा आफुलाई खुसी लागेको बताए ।
कम्प्युटर चलाउन सिक्नु भनेको समय को माग हो , अहिले को समयमा कम्प्युटर चलाउन नजान्ने शिक्षित मान्छे पनि अपांग सरह हुने अध्यक्ष रानाले बताए ।
नस्को ज्वलन्त उदाहरण आफू स्वयं भएको बताए , ७४ को निर्वाचन मा आफू निर्वाचित हुदा कम्प्युटर चलाउन नजान्दा धेरै बिषयमा पछाडि पर्नुपरेको थियो भने विस्तारै कम्प्युटर चलाउन सिके पछि कार्यालय सञ्चालनमा सहज भएको उनले बताए ।
कार्यक्रमका बिशिस्ट अतिथि नेकपा माओवादी का नेता दिपक बिसी ले तालिमको व्यवस्थापन गर्ने दलित उत्थान समाज लाई धन्यवाद दिंदै यस्तो सीप विकास सम्बन्धि तालिमले नव प्रतिभावान युवाहरूका लागि रोजगारी को ढोका खुल्न मद्दत पुग्ने कुरामम जोड दिए ।
यद्यपि पुनर्वास नगरपालिका यस्ता रचनात्मक काम गर्ने बिषयमा पछाडि परेको छ ,नगरपालिका मा कर्मचारी हाबि हुँदै आएको तथा जनप्रतिनिधि को पनि रचनात्मक रणनीति नभएको उनले बताए ।
धरान का मेयर हर्क साङपाङ , काठमा्णडौं महानगरपालिका का मेयर बालेन शाह र धनगढी का मेयर गोपि हमाल ले जनतामुखि कार्यक्रम गरेर जनतासामु लोकप्रिय हुँदै आएका छन तर पुनर्वास नगरपालिका का मेयर ले अहिले कुनै उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाए ।
पुनर्वास नगरपालिका लाई रोजगार को वातावरण सृजना गर्न केले रोकेको छ , यहाँको शैक्षिक सुधार गर्ने सवालमा होस वा यहाँ को कृषि को क्षेत्रमा सुधार गर्ने बिषयमा नयाँ योजना ल्याउनुसन बिसीले जोड दिए ।
नगरपालिकाले कम्प्युटर तालिममा १ लाख मात्रै न्यून बजेट बिनियोजन गरेकोमा उनले खेद प्रकट गरे ।
२०८२ वैशाख १२ गते देखि सुरु भई असार १२ गते उक्त तालिमको समापन हुने आयोजकले जनाएको छ ।
पुनर्वास नगरपालिका १० नं. वडा कार्यालय,को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिमको आयोजना पुनर्वास दलित उत्थान समाज पुनर्वास न.पा.-१०. विकासबस्ती,ले गरेको छ
आधारभुत कम्प्युटर तालिमका प्रशिक्षण नारायण बयाडीरहेका थिए ।
संसथाकि कोषाध्यक्ष गोमा रसाईली ले स्वागत गरेको कार्यक्रम को सञ्चालन बिष्णु बिकले गरेका थिए ।
