पायलले नेशनल तेक्वान्दोमा हरियाणालाई हराउँदै स्वर्ण पदक जितिन्

वैशाख १३ धनगढी
कञ्चनपुर – तेक्वान्दो खेलकुदमा नयाँ सफलता हात पार्दै पायलले राष्ट्रिय स्तरको नेशनल तेक्वान्दो प्रतियोगितामा उत्तराखण्डका प्रतिस्पर्धीलाई पराजित गर्दै स्वर्ण (गोल्ड) पदक जित्न सफल भएकी छिन्।

गहन तयारी, दृढ आत्मविश्वास र कठिन अभ्यासका साथ पायलले प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी भइन्। यो उपलब्धिले परिवार, विद्यालय र समग्र समुदायमा गौरव थपेको छ।

पायलको यस उपलब्धिमा प्रशिक्षक, परिवारजन र साथीहरूको समेत उल्लेखनीय योगदान रहेको छ। आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरमा पनि सफलता प्राप्त गर्ने विश्वास गरिएको छ।

पायललाई यो शानदार जितको लागि हार्दिक बधाई तथा उज्जवल भविष्यका लागि शुभकामना!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply