कृष्णपुर–३ स्थित श्री नन्द माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना र पुस्तक वितरण सुरु

हेमा भट्ट
कञ्चनपुर -शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूमा शैक्षिक प्रभाव गहिरो परेको छ। विद्यार्थीहरू अलमलमा परेका छन् र अभिभावकहरू निजी विद्यालयतर्फ भर्ना गर्न बाध्य भएका छन्। यस्तै परिस्थितिमा कृष्णपुर नगरपालिका–३ मा अवस्थित श्री नन्द माध्यमिक विद्यालयले विद्यार्थी भर्ना र किताब वितरण कार्यक्रम आजबाट सुरु गरेको छ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दिपक खत्री निर्माणको नेतृत्वमा हालसम्म ५०० भन्दा बढी विद्यार्थी भर्ना गरिएको छ। समितिको सक्रिय पहल र अध्यक्षको नेतृत्वमा टोलटोलमा पुगेर अभिभावकसँग भेटघाट गरी भर्ना अभियान सञ्चालन गरिएको छ। यस अभियानबाट विद्यार्थीहरू उत्साहित भएका छन् भने अभिभावकहरूमा आशा जागेको देखिएको छ। “विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार हनन हुन दिनुहुँदैन,” विद्यालय व्यवस्थापन समितिको स्पष्ट भनाइ छ।

अर्कोतर्फ, सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनलाई विद्यालयले समर्थन गरेको छ। विद्यालय व्यवस्थापन समितिले राज्यलाई शिक्षकका जायज माग तुरुन्त सम्बोधन गर्न आग्रह गरेको छ। “राज्यले शिक्षकमाथि सौतेनी व्यवहार गरेको छ। २१ दिनसम्म पनि माग सम्बोधन नगर्नु अत्यन्त दुर्भाग्यपूर्ण हो,” समितिले बताएको छ। साथै, “यदि सरकार र शैक्षिक माफियाले आन्दोलनप्रति बेवास्ता गरे भने ५० लाख विद्यार्थी सडकमा उत्रिनेछन्,” भन्ने चेतावनी पनि दिइएको छ।

श्री नन्द माध्यमिक विद्यालयले दिनप्रतिदिन शिक्षा सुधारमा जोड दिँदै आएको छ। अध्यक्ष दिपक खत्री निर्माणको अगुवाइमा विद्यालयले विद्यार्थी भर्ना र पुस्तक वितरण कार्यलाई तीव्रता दिएको छ। हाल नन्द मावि नमुना विद्यालय बन्ने दिशामा अघि बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply