कैलालीमा दुई जना बालबालिकाको अभिभावक बने प्रचण्ड

वैशाख १६ धनगढी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीमा दुईजना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।

कैलालीको भजनी नगरपालिका-५ कुटीमा रहेको कर्मेश्वर माध्यमिक विद्यालयका दुई जना अल्पसंख्यक बालबालिकाको आज एक कार्यक्रमकाबीछ उनले अभिभावकतब ग्रहण गरेका हुन् ।

सो विधालयमा अध्यनरत अल्पसंख्यक जातिका बिन्दु राजी र सहिद परिवारका अनिषा थरुनीको अभिभावकत्व ग्रहण गर्दै अध्यक्ष प्रचण्डले विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु समेत हस्तान्तरण गरेका छन् ।

अध्यक्ष दाहालले विद्यार्थीहरूलाई राम्रो नतिजा ल्याएर उत्कृष्ट हुनका लागि समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply