टीकापुर ७ सत्तिमा श्रीमद भागवत सप्ताह ज्ञान् महायज्ञ सम्पन्न

गणेश क्षेत्री / वैशाख १८ धनगढी
हिन्दु घर्म सनातन धर्म भएको र मानब मात्रै नभएर बोट बिरुवा् पशु पन्छि र जगतको कल्याण गर्ने धर्म भएको र हिन्दु धर्मको विकल्प नभएको बाल बिदुषि तथा प्रसिद्ध कथा बाचिका देबि भवानिले श्रीमद भागवत ज्ञान् महायज्ञ को समापन को ७ औं दिनमा बताउनुभएको छ

चर्चित कथा बाचिका तथा बिदुषि देबि भवानि आकर्षण को केन्द्र बिन्दु रहेको टीकापुर नगरपालिका वडान ७ सत्ति मा भएको महायज्ञ मा भक्तजनहरुको उत्साहजनक सहभागिता रहेको थियो

प्रमुख तथा चर्चित कथा बाचिका देबि भवानिले कथामा मानब जिवनको यथार्थ , वास्तविकता ,मनुष्य जिवन सर्ब श्रेष्ठ भएको ले कुकर्म हरुबाट टाढा रहनुपर्ने र सदैब सकारात्मक र धार्मिकतालाइ आत्मसात गरेर अघि बढेमा यो लोक मात्रै नभएर परलोक मा समेत उत्तम स्थान , पितृ मोक्ष का साथै

सन्ततिहरुलाइ समेत ईश्वर को कृपा रहने बताउनुभयो
बाल बिदुषि ले विष बृक्ष रोपेमा विष फल नै प्राप्त हुने र अमृत समान फल रोपेमा अमृत फल नै प्राप्त हुने हुनाले हामिले जस्तो कर्म गर्छौ त्यस्तै फल प्राप्त हुने हुनाले गलत कर्म , गलत सोचाइ , गलत सड्ढल्प बाट टाढा हुनुपर्ने मानब जिवनको यथार्थ भएको बताउनुभयो

टीकापुर ५ स्थित गौशाला मा रहेका १ हजार १ सय ३० वटा गाई को चारा को ब्यवस्थापन र रामजानकी मन्दिर मा हनुमान को मुर्ति स्थापना र लोक कल्याण हेतु गरेको महायज्ञमा उत्साहजनक उपस्थिति रहेको थियो

गुरुजि हरिकृष्ण महाराज जि ले हिन्दु धर्म बैदिक सनातन भएको र अर्काको अहित गर्नु त के चिताउन पनि नहुने र सदैब बसुधैब कुटुम्कम भन्ने चिन्तन भएको र औसधि गुण ले भरिपुर्ण भएको तुलसि ,अक्सिजन को गुण ले भरिपुर्ण भएको पिपल, तिहारमा गाई , कुकुर , काग , गोरु को पुजा गर्ने रक्षा गर्ने हिन्दु धर्म भएको बताउनुभयो

तर अहिले हिन्दु धर्ममा घुसपैठ भएको र बिकृति बढ्दै गएकोले हिन्दु धर्मको मुल्य मान्यता मा ह्रास आउँदै गएकोले सम्पूर्ण हिन्दु धर्मावलम्बी बेलैमा सजग हुनुपर्ने गुरु हरिकृष्ण महाराज ले बताउनुभयो
महायज्ञ मा ग्रह शान्ति , ब्रतबन्ध , पित्रीउद्दार ,महा मृतुन्ज्य मन्त्र जाप , १ लाख २५ हजार लाख बत्ति प्रज्जवलन का साथै लोक कल्याण हेतु शान्ति को पाठ गरिएको थियो

टीकापुर ५ गौशाला र सत्ति स्थित रामजानकि मन्दिर का अध्यक्ष महेश रावल र लोक बहादुर बुढा क्षेत्री ले महायज्ञ सफल पार्न सहयोग गर्ने सबै भक्तजनहरु प्रति आभार प्रकट गर्नुभएको छ

धार्मिक कार्यको लागि भएको महायज्ञ को आयब्यय १ पैसा पनि हिनामिना नहुने र १ हप्ता भित्रै सार्बजनिक गरिने आयोजकले बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply