गोदावरी नगरपालिकाले मनायो श्रमिक दिवस

वैशाख १८ धनगढी
कैलालीको गोदावरी नगरपालिकाले श्रमिक दिवस मनाएको छ। नगरपालिकाको रोजगारी सेवा केन्द्रले आयोजनामा बिहीबार १३६ औं श्रमिक दिवस मनाएको हो ।

कार्यक्रममा निड्स नेपाल र मुक्त कमैया महिला विकास मञ्चको सहकार्य गरेका थिए ।

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी सभापतित्वमा रहेका थिए भने प्रमुख अतिथि नगर उपप्रमुख शारदा देवी रोकाया थिइन्।

कार्यक्रममा १०० सय दिने रोजगार कार्यक्रममा सहभागी र रोजगारदतालाई सम्मानित गरिएको थियो ।

कार्यक्रम अघि अत्तरिया बजार क्षेत्रमा र्याली निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply