गणेश क्षेत्री / वैशाख १८ धनगढी
कैलाली जिल्लाको सिमा कैलाली भन्सार कार्यालय धनगढी मा रहेको सशस्त्र प्रहरी बल त्रीनगर का सशस्त्र प्रहरी ले भन्सार छलिमा सङ्लग्न भन्दै महिलालाई निर्घात कुटपिट गरेका छन्
भन्सार छलि गरेर सामान ओसारपसार गरेको भन्दै कुटपिट गरेको पीडित ले बताएकि छिन्
३४ नम्बर गण का गणपति सशस्त्र प्रहरि उपरीक्षक सुरेन्द्र राज रन्जित ले आफुलाइ जानकारी नभएको ले बुझेर मात्रै बताउनसक्ने बताउमुभयो
सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म त्रीनगरका गुल्म पति प्रेम सिह धामिले आफु बिदामा भएकोले निमित्त प्रमुख लाइ सोध्न भन्नुभयो तर निमित्त प्रमुख सशस्त्र प्रहरी निरीक्षक धन बहादुर नाथ ले पटकपटक फोन गर्दा पनि सम्पर्क मा आउनुभएन
त्रीनगर भन्सारमा रहेका सशस्त्र प्रहरी ले भन्सार नपुग्दै चेकजाँच को नाममा सङ्कास्पद बताउँदै भन्सार बनाउँदै बनाउदैनन भन्ने लागेको भनेर सामान जफत गर्ने गरेका छन्
सिमा संबेदनसिल हुन्छ चेकजाँच कडाइका साथ गर्नुपर्छ तर भन्सार नपुग्दै सामान जफत गर्नु कानुन बिपरित हो
भन्सार छलि गरेर ओसारपसार गर्न लागेको खन्डमा पनि सामान जफत गर्ने र ओसारपसार मा सङ्लग्न ब्यक्ति र सवारीसाधन लाइ जफत गरेर बिगो बराबरको जरिवाना गराउनु पर्नेमा सशस्त्र प्रहरी ले महिला लाइ कुटपिट गर्नु गैर कानुनी हो
पिडित महिला सरिता खड्काले सशस्त्र प्रहरी ल्र आफ्नो खुट्टा हात र संबेदनसिल अंग मा समेत कुटिपट गर्दा चाेटपटक लागेकोले न्याय पाउनुपर्ने बताइन् ।
