तरकारी बारीमा रातदिन खटिने चेतराम थारू : पहिचानको पर्खाइ अझै बाँकी”

वैशाख १९ धनगढी रैकवार खबर
कैलाली, पथरी — रातपरेपछि धेरैले बत्तीको उज्यालो खोज्छन्, तर पथरीका चेतराम थारूले टर्चको उज्यालोमा बगरखेती र तरकारी बारी हेरचाह गर्छन्। बिहानदेखि साँझ, रातभर उनी बारीमै व्यस्त रहन्छन्।“तरकारी बाली त यस्तो हुन्छ, रातमा पनि हेर्नैपर्छ, नत्र एकैछिनमा सड्न सक्छ,” चेतरामले रैकवार खबर दैनिकसँगको कुराकानीमा भने, “तर हाम्रा दुःख कहिले कसैले देख्दैन।”

वर्षा कम भयो भने बाली सुक्छ, घामले डढाउँछ, मलचाहिँ समयमै पाइँदैन। यी सबै संघर्षका बीच चेतरामजस्ता किसान खेतबारीमै टिकिरहेका छन्। तर यिनको श्रमलाई राज्यले अझै आधिकारिक पहिचान दिएको छैन। “म रातदिन खेतमा छु, बाली लगाउँछु, शहर र गाउँलाई तरकारी दिन्छु। तर सरकारले मलाई किसान भनेर चिन्ने कागज नै दिएको छैन,” चेतरामको स्वरमा पीडा थियो।

उनी दिनमा बजार पुग्छन्, रातमा रेखदेख सिँचाइ गर्छन्, तर सरकारी राहत, अनुदान, बीमा जस्ता सुविधा अझै टाढा छन्। “छिमेकी गाउँका केही किसानले परिचयपत्र पाए, हामीले त फारम बुझाउँदा पनि वास्ता गरेनन्,” उनी गुनासो गर्छन्।

रैकवार खबर दैनिकले सोध्दा चेतरामले आग्रह गरे—“हामी किसानको पहिचान सरकारले नदिएसम्म, कृषिमा क्रान्ति भन्नु केवल भाषण मात्र हो।” चेतरामको कथा व्यक्तिगत भए पनि यसको स्वर सामूहिक छ—रातदिन खेतमा पसिना बगाउने हजारौं किसान आज पनि न्याय र पहिचानको पर्खाइमा छन् – संवाददाता
रैकवार खबर दैनिक धनगढी, कैलाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply