राप्ती नदीले लियो १३ वर्षीय सफललाई – नुहाउन गएका बालकको डुबेर मृत्यु, गाउँ शोकमा

रिलिशा थारू
बाँके, राप्ती सोनारी गाउँपालिका–३ निवासी यज्ञबहादुर नेपालीका १३ वर्षीय छोरा सफल नेपालीको शुक्रबार विहान करिब ११:४५ बजे राप्ती नदीमा डुबेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय धामपुरका अनुसार, कक्षा १० मा अध्ययनरत सफल सरस्वती माध्यमिक विद्यालय भुवन्यापुरका विद्यार्थी थिए। गर्मी छल्न साथीहरूसँग नुहाउन गएका उनी अघैयारगौ र रगोंवानपुरको सिमानास्थित नदीमा डुबेका थिए।

डुबेको थाहा पाएपछि परिवार र स्थानीयवासीको सहयोगमा खोजतलास थालिएको थियो। करिब दुई घण्टापछि दिउँसो २ बजे उनको शव नदीबाट फेला पारिएको प्रहरीले जानकारी दिएको छ।

अहिले नेपाली परिवारमाथि बज्रपात भएको छ। एक मात्र छोराको मृत्युले आमा–बुबालगायत सम्पूर्ण परिवार शोकमा छन्। गाउँमा समेत गहिरो स्तब्धता छाएको छ।

स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply