हेमा भट्ट १९ बैशाख २०८२
धनगढी: अखिल क्रान्तिकारी युवा संगठन YCL नेपाल धनगढी उपमहानगरको तेस्रो सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। संगठनलाई स्थानीय तहमा थप सशक्त बनाउने उद्देश्यले आयोजित यस सम्मेलनले युवाहरूको सहभागिता, नेतृत्व विकास र सांगठनिक पुनःगठनमा महत्वपूर्ण प्रभाव पारेको छ।
सम्मेलनबाट कमरेड सुरज धामीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नयाँ नेतृत्वले संगठनलाई स्थानीय तथा क्षेत्रीय तहमा अझ प्रभावकारी रूपमा लैजाने अपेक्षा गरिएको छ। सम्मेलनमा विभिन्न वडाबाट प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।
नवनिर्वाचित अध्यक्ष सुरज धामीले आफ्ना पहिलो मन्तव्यमा संगठनको सशक्तिकरण, युवाको हकहित, सामाजिक न्याय र परिवर्तनशील अभियानलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। साथै, संगठनभित्र युवाहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासमा केन्द्रित भएर कार्य गर्ने बताए।
सम्मेलनका अवसरमा विभिन्न नेताहरू, पूर्व पदाधिकारीहरू तथा स्थानीय जनप्रतिनिधिहरूले शुभकामना मन्तव्य दिँदै YCL को भूमिकालाई अझ सशक्त र जनमुखी बनाउनु पर्नेमा जोड दिएका थिए। नवनिर्वाचित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिन्छ।

