वैशाख २० धनगढी
कञ्चनपुर- कृष्णपुर नगरपालिका ९ राजघाट निवासी ३२ वर्षीया सरिता चौधरी करिब एक महिनादेखि बेपत्ता भएकी छन्।
स्व. भगतलाल चौधरी (भोक्रे) का बुहारी तथा इन्कु चौधरीकी श्रीमती सरिता गत महिनाको सुरुमा “काम गर्न धनगढी जान्छु” भन्दै घरबाट निस्किएकी थिइन्। तर, त्यसयता उहाँ सम्पर्कविहीन अवस्थामा रहनुभएको छ।
उहाँका श्रीमान् भारतमा रोजगारीमा हुनुहुन्छ भने घरमा रहेका दुई जना साना छोराहरू आमाको पर्खाइमा दिन गन्दै बसेका छन्।
परिवारले “शायद फर्किन्छिन्” भन्ने आशामा सुरुवाती रूपमा प्रहरीलाई जानकारी नदिएको भए पनि अहिले अवस्था गम्भीर बन्दै गएको छ।
सरिता चौधरीको बारेमा जानकारी भएका जो कोही महानुभावले नजिकको प्रहरी चौकीमा वा ९८११६४४६७६ मा सम्पर्क गरिदिन परिवारजनले अनुरोध गरेका छन्।
परिवारको ठेगाना: राजघाट वडा कार्यालय नजिकै, पश्चिम पर्टीको घर।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1