भजनी–७ का खेतमा हरियालीको उत्सव, किसानहरू चैते धानमा व्यस्त

भजनी, कैलाली — वैशाख १९
कैलालीको भजनी नगरपालिका–७ का खेतमा हाल चैते धानको हरियालीले दृश्य नै बदलिएको छ। समयमै वर्षा र सिँचाइको व्यवस्था भएसँगै यस वर्ष किसानहरू चैते धान खेतीप्रति उत्साहित देखिएका छन्।

स्थानीय किसानहरूका अनुसार विगतका वर्षहरूमा मौसम र पानीको अभावले चैते धानमा सोचेअनुसार उत्पादन नहुँदा निराशा छाएको थियो। तर यसपटक समयमा गरिएको रोपाइँ, नियमित सिँचाइ, र प्राविधिक सल्लाहअनुसार गरिएको खेतीले राम्रो नतिजा दिने संकेत देखिएको छ।

किसान रामबहादुर चौधरी भन्छन्, “यो वर्ष चैते धान राम्रो छ, खेत हरियो-हरियो देखिँदा धेरै खुसी लाग्छ। उत्पादन राम्रो हुने आशा छ।”

कृषि प्राविधिकहरूका अनुसार चैते धान असार–साउनको मुख्य धानभन्दा केही कम उत्पादन दिने भए पनि कृषकहरूका लागि खाली खेत उपयोग गर्न र आय बढाउन सशक्त विकल्प हो। भजनी–७ का धेरै खेतहरूमा अहिले धानको हरियाली छाएको छ, जसले गाउँ नै हराभरा देखिन्छ।

स्थानीय सरकारले पनि किसानहरूलाई मल, बीउ र सिँचाइमा सहयोग गर्दै आएको जनाएको छ। यस वर्ष उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply