कैलालीमा दुई स्थानबाट १४ लाख २८ हजार ६० रुपैयाँ अबैध नगद बरामद, दुई भारतीय नागरिक नियन्त्रणमा

धनगढी २३ बैशाख
कैलाली जिल्लामा प्रहरीले दुई फरक स्थानबाट गरी कूल १४ लाख २८ हजार ६० रुपैयाँ अवैध रूपमा ल्याइराखेको अवस्थामा बरामद गरेको छ।

पहिलो घटना इलाका प्रहरी कार्यालय पृथ्वीपुर (भजनी) अन्तर्गतको हो, जहाँ भारतको तिकुनिया बर्सौला निवासी ३२ वर्षीय अमन कुमार गर्गलाई नियन्त्रणमा लिइएको हो। उनलाई छोटि भन्सार कार्यालय नजिकै युपी 32 एच एच 6753 नम्बरको मोटरसाइकलमा सवार अवस्थामा पक्राउ गरिएको हो। उनको साथबाट नेपाली रुपैयाँ ८ लाख ९६ हजार ६ सय ६० नगद बरामद गरिएको छ। उक्त नगद विभिन्न दरका नोटहरूमा फेला परेको हो—जसमध्ये १ हजार दरका ५१७ थान, ५ सयका ७०५ थान, १ सयका २२५ थान, र ५० का २८ थान छन्। यो रकम सत्ति भन्सार कार्यालय खक्रौलामा बुझाइएको छ।

दोस्रो घटना इलाका प्रहरी कार्यालय टीकापुरको हो, जहाँ अर्मन धागो पसलबाट भारतीय रुपैयाँ ५ लाख ३१ हजार ४ सय बरामद गरिएको छ। यी दुई कार्यवाहीबाट कूल १४ लाख २८ हजार ६० बराबरको अवैध नगद नियन्त्रणमा लिइएको हो।

यस घटनाले सीमावर्ती क्षेत्र हुँदै हुने अवैध आर्थिक कारोबारप्रति प्रहरीको निगरानी कडा भएको देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply