पुनर्वास का नवज्योति आमा समूह टोल सरसफाइ मा जुटे

धनबहादुर बिक –
पुनर्वास – बैसाख २४
कञ्चनपुर को पुनर्वास नगरपालिका ६ मा रहेका आमा समूह ले आफ्नो घर टोलमा सामुहिक सरसफाइ अभियान लाई तिब्रता दिएका छन ।

बुधबार पुनर्वास नगरपालिका ६ मा रहेको नवज्योति आमा समुह तथा महिला जागरण चौतारी ले टोल सरसफाइ अभियान लाई तिब्रता दिएका हुन ।
उनिहरूले जीवन ज्योति मावि को पश्चिम तर्फ भएको अत्यधिक झाडी सरसफाइ गरेका छन ।
जसको नेतृत्व समुहका संरक्षक हरि प्रसाद अधिकारी ले गरेका छन ।

सरसफाइ अभियानमा समुहका ३७ जना सहभागी थिए भने सरसफाइ अभियानलाई हौसला प्रदान गर्न पुनर्वास नगरपालिका ६ का वडा अध्यक्ष मित्र सिंह लामाको समेत सहभागिता रहेको थियो ।

गाउँमा जुनसुकै सामाजिक काम गर्दा आमा समूह सक्रिय रहंदै आएको समुहकि अध्यक्ष तथा वडा सदस्य बिष्नुमाया कोईराला बताउनुहुन्छ ।
समुहगत रूपमा एकजुट भएर काम गर्दा एकआपसमा एकता साथै हौसला पनि बढ्ने वहाँ ले जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply