गर्मीयामको रोजाइ: खानेडाँडा

धनगढी २५ बैशाख
सुदूरपश्चिमको प्रवेशद्वार अत्तरियाबाट केही किलोमिटरमै पर्ने रमणीय स्थल खानेडाँडा अहिले गर्मी छल्न चाहने कैलाली र कञ्चनपुरवासीहरूको प्रमुख गन्तव्य बनेको छ। गर्मीको तापक्रम ४० डिग्री नाघेपछि, शान्त र शीतल मौसममा केही समयको विश्राम खोज्नेहरूका लागि खानेडाँडा एक आदर्श स्थल बनेको छ। ।

गर्मी छल्न, रमाइलो गर्न र कामको थकान मेटाउन चाहने व्यक्तित्व र युवा पुस्तादेखि लिएर परिवारहरू परिवारसँगै रमाउनेहरूका लागि समेत खानेडाँडा उपयुक्त मानिएको छ। पछिल्ला केही दिनयता यहाँ आउने आगन्तुकहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको स्थानीय व्यवसायीहरू गरिरहेका नरबहादुर तामाङले बताउँछन्।

“हामी साथीहरू सँगै आउँछौं, रमाइलो गर्छौं। यहाँको मौसम साँच्चिकै मन छुन्छ,” – कञ्चनपुरबाट आएका श्याम धामीले भने। पिकनिक, ट्रेकिङ, फोटोसेसन, र चिसो हावामा आराम गर्नेहरूको भीड दैनिक बढ्दै गएको छ। यस क्षेत्रलाई स्थानीय युवाहरूले “पर्यटकीय हब” को रूपमा समेत लिन थालेका छन्।

सुरक्षाको दृष्टिकोणले पनि खानेडाँडा शान्त र सुरक्षित मानिन्छ। स्थानीय होटल तथा खाद्य व्यवसायहरूका लागि यो समय आर्जनको उत्कृष्ट अवसर बनेको छ। “हामीले दैनिक सयौं पाहुना स्वागत गरिरहेका छौं,”। होटेल सञ्चालक सतपालसिंह कठायत भनेका थिए। ।

यो गर्मी याममा दैनिकजसो सयौंको संख्यामा आएका युवायुवती, अभिभावक र पर्यटकहरूले खानेडाँडालाई ‘कुलकुल’ गन्तव्यको रूपमा पहिचान दिइरहेका छन्। तापक्रमको असह्यताले गर्दा घरमै बस्न गाह्रो भएका बेला खानेडाँडाले दिएको आरामदायी अनुभव सबैका लागि सम्झनलायक बनिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply