महाकाली सिंचाई आयोजनाअन्तर्गत नहर विस्तार: रैकवार क्षेत्रका स्थानीयवासी उठीवासको चिन्तामा, ‘सरोकार तथा समन्वय समिति’ गठन

हेमा भट्ट २७ बैशाख २०८२
कञ्चनपुर – महाकाली सिंचाई आयोजना अन्तर्गत ब्रह्मदेव हुँदै भीमदत्त, वेदकोट र कृष्णपुरको रैकवार क्षेत्रमा निर्माणाधीन नहरले स्थानीय बासिन्दाहरूको जीवनमा गम्भीर असर पार्ने देखिएको भन्दै साविक रैकवार विचवा गाविसका ७ र ८ वडाका बासिन्दाहरू आन्दोलित भएका छन्।

नहरको मार्ग निर्धारण गर्दा यस् क्षेत्रमा प्रभाव पार्ने भन्दै स्थानीयहरूले गम्भीर असन्तोष जनाएका छन्। उनीहरूका अनुसार, यसरी नहर बस्ती हुँदै ल्याउने हो भने सयौं परिवारको छाक र बास एकैपटक गुम्ने खतरा छ।

स्थानीयहरूको सामूहिक पहल:
आज मिति २०८२ बैशाख २७ गते कृष्णपुर नगरपालिका–९ स्थित शिव दुर्गा मन्दिरको सभा हलमा बसेको बैठकले ‘सरोकार तथा समन्वय समिति’ गठन गरेको छ। प्रेम बहादुर बलायरको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ।

बैठकले निम्न बुँदागत निर्णयहरू गरेको छ
जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर
महाकाली सिंचाई आयोजना, महेन्द्रनगर
कृष्णपुर नगरपालिकाको कार्यालय
कृष्णपुर वडा नं. ९ को कार्यालय

स्थानीयको भनाइ:“विकास हाम्रो पनि चाहना हो,” संयोजक बलायरले भने, “तर हाम्रो थातथलो, बस्ती र ज्यानको जोखिममा राखेर हुने विकास जनविरोधी हुन्छ। ”साविक रैकवार विचवाक वडा नम्बर ७ र ८ बाटका सयौं परिवारहरू प्रत्यक्ष प्रभावित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply