सुशासनको पक्षमा काम गर्दा बिचौलिया र दलालहरूले सरकार ढाले : प्रचण्ड

बैशाख २७ धनगढी
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन, र आर्थिक सुधारका अभियानहरू सञ्चालन गर्दै गर्दा बिचौलिया र दलालहरूले सरकार ढालेको बताएका छन्। पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले संविधान मिचेर आफ्नो सरकार ढालेको बताएका हुन् ।

उनले भने, ‘बैंक ब्याजदर घटाउने, बैंकिङ प्रणाली सुधार गर्ने, जनताको पक्षका बिचौलिया दलालहरूको विपक्षीमा काम गर्दा बिचौलिया र दलालहरूलाई मन परेन, त्यसैले अपारदर्शी ढंगले रातारात सरकार ढालियो।’

‘हामी पटक–पटक कांग्रेस र एमालेसँग मिल्यौँ, जसका कारण हामी पनि उनीहरू जस्तै देखियौँ। अब भने हामी मिल्ने छैनौँ। हामी आफ्नै खुट्टामा उभिएर अघि बढ्नेछौँ,’ उनले थपे ।

देशका विभिन्न भौगोलिक क्षेत्रलाई आपसमा जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, र देशभरका उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियानहरू माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएको बताएका छन् ।

उनले भर्खरै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ पार्टीको मात्रै नभई जनताको अभियान बनेको निष्कर्ष पार्टीले निकालेको उल्लेख गर्दै, केही दिनमै सुरु हुने औपचारिक चरण बैतडीबाट भए पनि पाँचथरको यो कार्यक्रम सोही अभियानको पूर्वसञ्चार भएको स्पष्ट पारे।

“मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौँ, यसको पूर्वी सुरुआत पाँचथरमा रहेको छ ,” अध्यक्ष प्रचण्डले भने, “यस क्षेत्रका जनताको हितमा बनेका मध्यपहाडी लोकमार्ग जस्ता पूर्वाधार अभियानहरू पनि हामीले नै सुरु गरेका हौँ।”

स्थानीय तह, स्ववियू निर्वाचन, पत्रकार महासंघलगायतका पछिल्ला निर्वाचनमा माओवादी केन्द्रले उल्लेखनीय परिणाम ल्याएको जनाउँदै, उनले आगामी निर्वाचनमा पार्टी एक्लै अगाडि बढ्ने र जनताको पक्षमा सुरु गरिएका कामलाई निरन्तरता दिइने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply