चैतन्य पाठशाला र महर्षि वैदिक फाउन्डेसनबीच सचेतनामा आधारित शिक्षा साझेदारी

हेमा भट्ट २८ बैशाख २०८२
धनगढी-सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था चैतन्य पाठशाला र नेपाल महर्षि वैदिक फाउन्डेसन (NMVF) बीच सचेतनामा आधारित शिक्षा प्रणाली कार्यान्वयनका लागि ऐतिहासिक साझेदारी भएको छ। एक विशेष समारोहबीच दुई संस्थाबीच औपचारिक समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको हो।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8388608;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 52;
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 50;

यस साझेदारीसँगै चैतन्य पाठशालाले भावातीत ध्यान (Transcendental Meditation–TM) र सृजनशील प्रज्ञा विज्ञान (Science of Creative Intelligence–SCI) लाई कक्षा शिक्षामा समावेश गर्नेछ। यसले विद्यार्थीको मानसिक सन्तुलन, एकाग्रता, आत्मविश्वास र समग्र व्यक्तित्व विकासमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा महर्षि वैदिक विश्वविद्यालय, नेदरल्याण्ड्सका पाठ्यक्रम निर्देशक डा. किंग्सले र लेस्ली ब्रुक्स, फाउन्डेसनका निर्देशक तथा प्रशिक्षक मिनराज अधिकारी, चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशी लगायत शिक्षक, अभिभावक र पत्रकारहरूको उपस्थिति रहेको थियो।

साझेदारीअन्तर्गत प्रारम्भिक चरणमा चैतन्य पाठशालाका शिक्षकहरूलाई सचेतना शिक्षाको विशेष तालिम दिइनेछ। साथै, अभिभावकहरूलाई पनि शिक्षाको नयाँ दृष्टिकोणबारे जानकारी गराइनेछ।

चैतन्य पाठशालाले दीर्घकालीन रूपमा वैदिक शिक्षा, आयुर्वेद, वास्तु, कृषि, कला-संस्कृति तथा मानव कल्याणका विविध आयाममा समेत फाउन्डेसनसँग सहकार्य विस्तार गर्ने योजना बनाएको जनाएको छ।

विद्यालयले ‘सकारात्मक चेतनाको विकासमार्फत आदर्श विद्यार्थी, शिक्षक र समाज निर्माण’ को परिकल्पनासहित यो शिक्षण प्रणाली लागू गर्ने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply