जातीय भेद तोड्दै पण्डित गणेश पन्तको समावेशी धार्मिक यात्रा

बैशाख २९ धनगढी –
बैतडी पाटन नगरपालिका-८, खोडपे, जसुलीखाली निवासी, श्रीबनारसीधाम विश्वनाथज्योतिर्लिङ्ग मन्दिर का पीठाधीश्वर राजगुरु तथा प्रख्यात पञ्चाङ्गकार एवं ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्तले नेपाल तथा भारतमा समान रूपमा धार्मिक सेवा प्रदान गर्दै आइरहेका छन्। जातीय, वर्गीय वा धार्मिक भेदभाव नगरी सबैलाई समान व्यवहार गर्दै आएका पण्डित पन्तसँग रैकवार खबरले विशेष अन्तरवार्ता लिएको छ।

पन्तले स्पष्ट रूपमा भने, “धर्म सेवा हो, यो कुनै जातको ठेकेदारी होइन। मैले भात-भान्सा सबै चलाएको छु, दलित समुदायका घरमा बसेको छु, उनीहरूको शोक र सुखमा सहभागी भएको छु, र यसबाट मलाई आध्यात्मिक आनन्द प्राप्त हुन्छ।”

उनका अनुसार कर्मकाण्ड भनेको शास्त्रीय विधिको प्रक्रिया हो, तर जब दलित समुदायका पीडित परिवारको आँखामा आभारको आँसु देखिन्छ, त्यो क्षण उनलाई गहिरो मानवताको अनुभूति हुन्छ। “म शवसँग होइन, मनसँग काम गर्छु,” पन्त भन्छन्।


जातीय समावेशिताको पक्षमा दृढ आवाज

पण्डित पन्त भन्छन्, “परम्पराले मलाई रोकेको थियो, तर अन्तर्मनले अघि बढ्न भनेको थियो। मैले अन्तर्मनको आवाजलाई ठूलो ठानेँ।” जातीय भेदभावमा आधारित संस्कारहरूको विरुद्धमा उभिँदै उनले राज्यलाई ‘दलित’ शब्द संविधानबाट हटाउन आह्वान पनि गरे।

समुदायको प्रतिक्रिया र समर्थन

आफ्नै ब्राह्मण समुदायबाट आलोचना पनि भोग्नुपरेको पण्डित पन्त बताउँछन्। तर उनी भन्छन्, “सनातन धर्म गुरु रमेश सुरेश सनातनी, आचार्य कृष्ण दमाइ गणेश मल्ल श्रीहरी विश्वकर्मा कणर््ा विश्वकर्मा अर्जुन गन्धर्व रबजेन्द्र भुुसाल चन्द्रकान्त पौडेल भिमकान्त भागवत अर्जुन कालीकोटे किरण लामगादे कौसल धामीबाबा लगायत दर्जनौ समुदायको समर्थनले मलाई थप आत्मबल दिएको छ।”

भविष्यप्रतिको आशा

उनलाई विश्वास छ कि आफ्नो यो अभ्यासले नयाँ पुस्तामा समावेशी चेतना जगाउनेछ। “धर्मले कहिले भन्थ्यो कि सेवामा भेदभाव गर ? धर्म मानवताको पक्षमा उभिनु पर्छ, मैले त्यही गरिरहेको छु।”

उनले अन्त्यमा भने, “म परम्परागत विधिमा विश्वास गर्छु, तर मानवता भन्दा माथि केही हुँदैन। जातीय पर्खाल तोडेर म दलितको घर पस्दा मेरो अन्तर्मनमा करुणा र कर्तव्यको तरंग चलिरहेको हुन्छ।”

सम्पर्क: पण्डित गणेश प्रसाद पन्त – मोबाइल: ९८६०२७८१००
सेवा क्षेत्र: नेपालभर विशेषगरी सुदूरपश्चिम, आवश्यकता अनुसार भारत तथा अन्य देशहरू!

पण्डित गणेश प्रसाद पन्तको भावनात्मक तथा सामाजिक दृष्टिकोणलाई समेटेर रैकवार खबर दैनिकको केन्द्रीय कार्यालय, धनगढी गरिएको अन्तर्वार्ता।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply