“बैतडीको देहिमाण्डौस्थित निङ्गलासैनी मन्दिर ओझेलमा: सात दुर्गा बहिनीमध्ये जेठी देवीको पवित्र स्थलमा बेवास्ता”

बैशाख ३० धनगढी
बैतडी जिल्ला, देहिमाण्डौस्थित निङ्गलासैनी मन्दिर, जुन सात दुर्गा बहिनीहरूमध्ये जेठी बहिनीको रुपमा परिचित छ, प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ। बैतडी र स्वोराड क्षेत्रको शिर मानिने यो शक्ति पिठ धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।

तर, राजनीतिक बेवास्ता, प्रचारप्रसारको कमी, तथा स्थानीय विकास योजनाबाट विमुख गरिँदा यो पवित्र स्थल उपेक्षित बनेको छ। इतिहास पल्टाउँदा अठौजी मल्लको कथा, गौरा पर्वका ठाडो खेल गाथा र निङ्गलासैनी माताको गौरवपूर्ण योगदान झल्किन्छ।

स्थानिय जनताको भनाइ अनुसार, चाहे राणा शासन होस् या पञ्चायत वा हालको लोकतन्त्र, देहिमाण्डौ क्षेत्रलाई सधैं बेवास्ता गरिएको देखिन्छ। माताका अन्य बहिनीहरूभन्दा शक्तिमा अग्रणी मानिए पनि निङ्गलासैनी मन्दिरको विकास, संरक्षण र राष्ट्रिय स्तरमा पहिचान दिनेतर्फ सम्बन्धित निकायहरूको ध्यान पुगेको छैन।

देवीको सेवा गर्ने अठौजी मल्लको वीरगाथा आज पनि गौरा पर्वमा गाइने ठाडो खेलमार्फत सुनिन्छ, जसले यो क्षेत्रको सांस्कृतिक महत्त्वलाई अझ उजागर गर्छ।

स्थानियबासी र श्रद्धालुहरूले मन्दिरको पुनःउत्थान, प्रचारप्रसार, तथा ऐतिहासिक विरासतको संरक्षणका लागि सम्बन्धित पक्षहरूसँग अपिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply