बैशाख ३१ धनगढी
सहरी विकास तथा भवन कार्यालयले कैलाली र कञ्चनपुरका विपन्न नागरिकका २० वटा घर निर्माण गर्न थालेका छ ।
चालु आवमा जनता आवस कार्यक्रम अन्तरगत कैलालीमा १० र कञ्चनपुरमा १० वटा घर निर्माण हुन लागेका हुन् । घर निर्माणका लागि प्रदेश सरकारले चालु आवमा ७० लाख बजेट विनियोजन गरेको कार्यालयका सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिए ।
उनले कैलालीको भजनी नगरपालिकाका वडा नं.२,५,८ र ९ मा १० वटा घर निर्माणका लागि सम्झौता भएर काम अगाडि बढेको बताए ।
त्यस्तै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ र ७ मा ५ वटा घर निर्माणको सम्झौता भएर काम सुरु भएको उनले बताए ।
भीमदत्त नगरपालिका–११ र १२ मा ५ वटा घर निर्माण गरिने भएपनि केही प्राविधिक कारणले घर निर्माणको प्रकृया अघि बढ्न नसकेको उनले बताए । उनले त्यहाँ पनि सम्झौता भएर काम यसै आवमा हुने बताए ।
कार्यालयले प्रतिघर निर्माणमा ३ लाख ५० हजार रकम उपलब्ध गराउने उनले बताए । सबै घर चालु आवमा सम्पन्न हुने उनले बताए ।
घर निर्माण पश्चात नागरिकहरु खुशी हुने गरेको बताउँदै उनले केही ठूलो परिवार भएकाले घर सानो हुँदा समस्या पर्ने गरेको प्रतिकृया दिने गरेको बताए । उनले भने ‘धेरै जसो खुशी नै हुन्छन् । जसको ठूलो परिवार छ,उनले घर सानो हुँदा बस्न समस्या हुने गरेको गुनासो गर्छन् ।’