कञ्चनपुरमा ट्याक्टरबाट खसेर पूर्वसशस्त्र प्रहरीको मृत्यु

जेठ १ धनगढी
कञ्चनपुरमा मलामी जाँदै गरेका एक सेवा निवृत्त सशस्त्र प्रहरी हवलदारको सडक दुर्घटनामा मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरका ४२ वर्षीय नकुल राना छिमेकी गुरुङ थरकी महिलाको मलामीमा जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।
भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव क्षेत्रमा म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका रानालाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो ।

तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । साभार अतरिया खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply