जनता जोखिममा सरकार हेरेको हे¥रै
कञ्चनपुर, २जेठ
एक बर्ष अघि वाढीले भत्काएको कञ्चनपुर झर्नाखोलाकोे पुल अझै पुर्ननिर्माण भएको छैन । गत बर्ष ०८१ असार तेस्रो साता झर्नाखोलामा आएको वाढीले भत्काएको पुल अहिलेसम्म पुर्ननिर्माण नभएको हो ।
वाढीले बेलडाँडी गाँउपालिका १ हुलाकी राजमार्ग हुँदै सरस्वती माध्यामिक विद्यालय झर्नासागर टोल जोड्ने पुल भत्किएको थियो । स्थानीय, प्रदेश र सघीय गरेर देशमा तीन सरकार छन । तर, यो वाढीले भत्काएको पुल बनाउन कोही अग्रसर भएका छैनन ।
पुल भत्किएपछि ठुला सवारी साधन संचालन आउन नसकेपनि भत्किएकै पुलमा जोखिम मोलेर पैदलै र साना सवारी साधन साईकल, मोटरसाईकलसम्म आउजाउ गर्न बाध्य भएका छन ।
वयलगाडा, अटो, जिपकार, टेक्टर, ट्रक सहितका ठुला सवारी साधन संचालन हुन नसक्दा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था सृजना भएको छ । पुल भत्किएपछि स्थानीयदेखि विद्यार्थीलाई विद्यालय आउन जान सास्ती खेप्नु परेको छ । स्थानीयले पटक पटक वडा, पालिका, प्रदेश र संघीय जनप्रतिनिधीसंग झर्नाखोला पुल भत्किएको विषयमा जानकारीदेखि नयाँ पुल निर्माणका लागि माग अघि सारेपनि कुनै पहल नहुँदा जनता हैरान भएका छन ।
स्थानीय सुरेन्द्र देउवाले पुल भत्किएपछि मानिसको दैनिक जनजिवनमा आउने कामकाजका लागि यात्रा गर्न कटिन भएको बताए ।
‘एक बर्ष अघि पुल भत्कियो, तर सरकारले बनाएको छैन, तैपनि सर्वसाधारणदेखि विद्यार्थी जोखिम मोलेर यही भत्किएको पुल प्रयोग गर्न बाध्य भएका छन, ‘उनले भने, ‘आउँदो पहिलो बर्षातमै पुल भत्किन्छ, यात्रु जोखिममा पर्नेछन ।’
अर्का स्थानीय रिना लुहारले अति आवश्यकीय पुल निर्माणका सरकारले चासो नदेखाउनु दुखत विषय भएको बताईन । पुल भत्किएपछि विद्यार्थी सबैभन्दा जोखिममा रहेका छन । धेरैको संख्यामा एकै पटक सामुहिक यात्रा गर्दै आएका विद्यार्थीको चापले कहिकतै भत्किएको पुल झन भत्किएर विद्यार्थीदेखि आम सर्वसाधारण जोखिममा रहेको उनको भनाई छ ।
बेलडाँडी गाँउपालिकाले स्थानीय सरकारको स्रोतबाट पुल निर्माणका लागि बजेट नहुँदा प्रदेश र केन्द्रसम्म माग गर्दा पनि वास्ता नराखेको जनाएको छ । गाँउपालिका प्रवक्ता समेत रहेका १का वडाध्यक्ष गज बहादुर विष्टले वाढीले भत्काएको सरचना पुर्ननिर्माणका लागि प्रदेश सरकारसंग योजना मागेको बताए । ‘हामीले त भत्किएकै समयदेखि माथिल्ला सरकारलाई जानकारी गराईसकेको थियौँ, तर यस बर्ष कुनै बजेट दिएन, आउँदो बर्ष बनाउने आश्वासन पाएका छौँ, ‘उनले भने, ‘पुलकोे दायाबाया भत्किएको क्षेत्रमा तटबन्ध निर्माण गर्न हामीले सडक बोर्डबाट पहल गरेका छौँ ।’ गत बर्षको वाढीले देखिने गरेर पुर्नपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत सुडामा भत्किएको पुल सहित केही छिटपुट पुल पुर्निर्माण भएपनि जिल्लाभरी दोधाराचाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुर्नवास, बेलौरी, बेलडाँडी लालझाडीमा अझै उस्तै छन । जताततै जनता सरकार देखेर हैरान भएका छन ।