गणेश क्षेत्री / टीकापुर को मुख्य चोक कान्छि बजारमा लागु औषध खरिदबिक्री भइ रहेको छ भन्ने सुइको पाउना साथ इलाका प्रहरी कार्यालय टीकापुर ले ३ जना युवालाई ५ ग्राम ६० मिलिग्राम खैरो हेरोइन सहित झ्याप्पै पक्राउ गरेको छ
टीकापुर को बजार क्षेत्र बाट ३ जना युवालाई लागु औषध खैरो हेरोइन सहित पक्राउ गरेको र पक्राउ पर्नेमा टीकापुर १ बनगाँउ का ३१ बर्षका सन्जिब चौधरी र नयाँ बस्ति का बर्ष ३० को छत्र साउद रहेका छन् भने अर्का १ युवा जानकि गाउँ पालिका ८ भगरैया बस्ने बर्ष २७ का दुर्गा प्रसाद चौधरी रहेको इलाका प्रहरी कार्यालय टीकापुर का इन्चार्ज प्रहरी नायब उपरीक्षक नबिन राजा बुढाथोकिले बताउनुभयो
छत्र साउद सङ्ग ५ ग्राम २० मिलिग्राम , सन्जिब र दुर्गाको साथबाट ४० मिलिग्राम
सहित इप्रका को सुचना संकलन को लागि खटियको टाेलिले पक्राउ गरेको र थप अनुसन्धान को लागि इलाका प्रहरी कार्यालय टीकापुरमा राखिएको इन्चार्ज बुढाथोकिले बताउनुभयो