गणेश क्षेत्री / जेठ ३ धनगढी
लुम्बिनी प्रदेश को भन्सार कार्यालय राजापुर मा भन्सार प्रमुख नितिगत भ्रष्टाचार मा लागेपछि तस्करी मौलाएको छ
भौगोलिक दृस्टिले जटिल भएर सिमा र भन्सार को दुरि झन्डै ११ किलोमीटर टाढा भएतापनि भन्सार प्रमुख धनबहादुर शाहिले सिमामा रहेको मानपुर टपराका सशस्त्र प्रहरी लाइ सामान्य चेकजाँच बाहेक सामान के कति परिमाण मा आएको छ चेकजाँच गर्ने अधिकार छैन भनेपछि तस्करी गर्नेलाई सहज भएको हो
सामान्यतया भन्सार पुग्नु अघि सशस्त्र लाइ प्रतिबन्धित सामान बाहेक चेकजाँच गर्ने अधिकार हुँदैन तर सिमाबाट भन्सार ११ किलोमीटर टाढा हुँदा भन्सार पुग्नु अगाबै बजार हरु प्रसस्त छन् र गन्ति नै नगरेपछि आएको परिमाण बराबरको सामान भन्सार पुग्छ भन्ने ग्यारेन्टी नभएको ले पनि राजस्व चुहावट हुँदै आएको छ
३१ नम्बर गण का प्रबक्ता गोबिन्द खातिले पनि आफुहरुले सामान्य हेरहार गर्ने तर के कति परिमाण मा आएको छ भनेर गन्ति नगर्ने बताउनुभयो
ईन्डिया को नजिकैको बजार तिकुनिया बाट खक्रौला भन्सार ८ किलोमीटर को दुरिमा भएपनि तिकुनिया बाट ४० किलोमीटर टाढा राजापुर भन्सार बनाउन ओसारपसार गर्नेहरु जानाले पनि तस्करी मौलाएको सहजै अनुमान गर्न सकिन्छ
तिकुनिया बाट कतर्निया घाट भएर जङ्गल को बाटो छ स्टिमर को प्रयोग हुन्छ सामान अनलोड र लोड गर्नुपर्छ गाह्रो छ तरपनि सामान आउँछ गायब हुन्छ
भन्सार का नायब सुब्बा गोबिन्द बस्याल ले चेकजाँच गर्ने नगर्ने र भन्सार कसरि बनाउने आफ्नो अधिकार भएको भन्छन्
वास्तविकता मा भन्सार का कर्मचारीहरुको तिकुनियाका केहि सिमित ब्यापारी हरुसङ्ग खानपिन हुने र उनिहरुकै गाडीमा घुम्ने गरेको पाइएको छ ! सुब्बा बस्याल लाइ ईन्डिया को जुन ब्यापारी को सामान आउँछ त्यहि ब्यापारीसङ्ग कारमा घुम्ने खानपिन गर्न मिल्छ भनेपछि आफु घरायसी सामान किनमेल गर्न गएको र चिया खाइयो होला अरु केहि सम्बन्ध छैन भन्छन् तर भन्सार का कर्मचारी हरु तिकुनिया का ब्यापारी सङ्ग साँठगाँठ भएर नै सामान गन्ति गर्न नदिएको पाइएको छ
