गाउँमै शहरी स्वाद र स्विमिङको मजा: कलुवापुरमा ‘रिभर साईड रेष्ट्रो एण्ड स्विमिंग पूल’ सञ्चालनमा

हेमा भट्ट
कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–७, कलुवापुरमा ‘रिभर साईड रेष्ट्रो एण्ड स्विमिंग पूल’ नामक आधुनिक मनोरञ्जन स्थल संचालनमा आएको छ। गर्मी छल्न र रमाइलो गर्न चाहनेका लागि यो नयाँ गन्तव्य आकर्षक केन्द्र बन्दै गएको छ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 44;

स्वदेशमै रमणीय दृश्य, चिसो हावापानी र ग्रामीण शान्त वातावरणमा सञ्चालित यस स्विमिंग पूलमा दैनिक सयौं युवायुवती र परिवारजन रमाउन पुग्ने गरेका छन्। अत्तरिया बजारदेखि ४ किलोमिटर दक्षिण, गेटाबाट २ किलोमिटर र धनगढी सहिद गेटबाट ८ किलोमिटर पश्चिम–उत्तर तर्फ अवस्थित यो स्थल सजिलै पहुँचयोग्य छ।

सञ्चालक हरकिसन रानका अनुसार, गाउँमै पहिलो पटक सञ्चालनमा ल्याइएको यस स्विमिंग पूलले स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान पु-याउने विश्वास गरिएको छ। “गाउँमा पनि यस्तो सुविधा पाइन्छ भन्ने सन्देश दिन हामीले यो प्रयास गरेका हौं,” उनले भने।

यस रेष्ट्रोमा स्वादिलो खानाका परिकारहरूसमेत उपलब्ध छन्। लोकल कुखुराको मासु, खसी, माछा, बंगुरको मासु, चिकेन चाउमिन, बिरयानी, चिकेन राइस, पकौडी, मःमः, चटपट, चिया लगायत विविध नास्ता र खाना अर्डर अनुसार तयार गरिन्छ। अहिले विशेष रूपमा हिरियो मकैको परिकार ग्राहकको विशेष रोजाइमा परेको सञ्चालक बताउँछन्।
स्थानीय पर्यटन विकासमा थप योगदान हुने विश्वासका साथ सञ्चालित यो परियोजनाले अब गाउँमै शहरी स्वाद र स्विमिंगको आनन्द लिन सकिने वातावरण बनाएको छ।

सम्पर्क: 9848451244
स्थान: कृष्णपुर-७, कलुवापुर, कञ्चनपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply