राज्यश्रोतको चरम दुरुपयोग गर्दै कञ्चनपुरको पूर्वाधार विकास कार्यालय

रैकवार खबर दैनिक जेठ ४ धनगढी
कञ्चनपुर– प्रदेश सरकार अन्तर्गतको कञ्चनपुरस्थित पूर्वाधार विकास कार्यालयले राज्यश्रोतको चरम दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको छ।

प्रदेश सरकारको संरचना निर्माणसँगै स्थापनामा आएको सो कार्यालयले नयाँ भवन तथा कर्मचारी आवास निर्माणका लागि करोडौं रुपैयाँ खर्च गरेको छ। निर्माणकार्य केही महिना पहिले नै सम्पन्न भइसकेको भए पनि अहिले कार्यालयका कर्मचारीहरू निजी घर भाडामा राखिएका छन्।

भीमदत्त नगरपालिका–४ मा रहेको निजी घर भाडामा लिएर मासिक रूपमा रकम तिरेर कार्यालय सञ्चालन भइरहे पनि सरकारले निर्माण गराएको भवन भने प्रयोगमा ल्याइएको छैन। भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसके पनि सरकारी आवासहरूमा ताला लागेको छ भने निजी घरमा भाडा तिरेर कार्यालय सञ्चालन भइरहँदा राज्यश्रोत अपच भएको स्थानीयवासीको गुनासो छ।

कार्यालयका प्रमुख इन्जिनियर योगेन्द्र अधिकारीका अनुसार “फिनिसिङ कार्य बाँकी भएकाले केही ढिलाइ भएको” हो। उनले हेण्डओभर प्रक्रिया सम्पन्न भइसकेको जनाउँदै यही महिनाको अन्त्यतिर पूजा–पाठ गरेर कार्यालय स्थानान्तरण गरिने बताए।

तर स्थानीयवासीहरू भने करोडौं खर्चेर बनाइएको संरचना प्रयोग नगरी निजी भवनमा भाडा तिरिरहनु राज्यश्रोतको दुरुपयोगको ज्वलन्त उदाहरण भएको बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply