धनबहादुर बिक
पुनर्वास -जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ६ स्थित टाउन बजार मा कृषि हाटबजार व्यवस्थापन सञ्चालन समिति गठन गरिएको छ ।
पुनर्वास उधोग बाणिज्य संघ ,पुनर्वास नगरपालिका वडा नम्बर ६ वडा कार्यालय तथा प्रतिभा नगर बजार व्यवस्थापन समिति को बिशेष पहलमा प्रतिभानगर कृषि हाटबजार व्यवस्थापन समिति गठन गरिएको हो ।
नव गठित समितिको संयोजक मा समाजसेवी सोमराज वराल , सह-संयोजक मा उमेश कुमार बिस्वकर्मा , सचिवमा मदन खडका , कोषाध्यक्षमा , प्रेम थापा , सदस्य मा धनबहादुर बिस्वकर्मा , हेमन्ति लामा , अमर रोकाया , वर्षा श्रेष्ठ र १ जना पछि थपने गरि ९ सदस्यीय समित गठन गरिएको छ ।
पुनर्वास उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझी तथा प्रतिभानगर बजार व्यवस्थापन समिति अध्यक्ष अमित रोकाया को बिशेष पहल साथै बजारवासीको सहकार्य मा गत बैसाख ३ गते बुधबार पहिलो दिन हाटबार को सुरुवात गरिएको थियो भने बैसाख २३ गते समाजसेवी सोमराज वरालको संयोजकत्वमा गठन गरिएको समितिले शुक्रबार भेला बसि पुर्णता पाएको हो ।
पुनर्वास कै पुरानो टाउन बजार , हाल प्रतिभानगर का नामले परिचित हुँदै आएको छ । पछिल्लो समय आर्थिक मंदि तथा बजार व्यवस्थापन तर्फ सरोकारवालाको ध्यानाकर्षण नहुंदा प्रतिभानगर बजार सुनसान प्रायः हुँदै आएको थियो । बजारलाई चलायमान बनाउन नयाँ बर्ष २०८२ को आगमन संगै कृषि हाटबजार सञ्चालन गर्न पहल गरिए अनुसार जेठ ३१ गते पाचौं साता आईपुग्दा साप्ताहि हाटबजारले गति लिन थालेको छ ।
साप्ताहिक रुपले संचालन भएको कृषि हाट बजारलाई आकर्षित र व्यवस्थित बनाउन सञ्चालन समितिले विभिन्न सरोकारवाला व्यक्ति , संघ संस्था संग सहकार्य गरि बिबिध रचनात्मक कार्यक्रम हरू ल्याउने निर्णय हरू गरेको छ ।