गाेदावरी-९ मा महिलाका लागि व्युटी पार्लर तालिम सुरु

जेठ ११ धनगढी
कैलालीकाे गाेदावरी नगरपालिका वडा नं. ९ को सहयोगमा “नगरकाे सरोकार स्थानीय स्तरमै, सीप र रोजगारी मूल नारासहित” स्थानीय महिलाहरूलाई लक्षित गरी ३० कार्य दिने आधारभूत व्युटी पार्लर तालिम सुरु भएको छ।

तालिम वडा कार्यालयको सहयोगमा सञ्चालित थियो भने तालिम प्रदायक संस्था “व्यवसाय विकास तथा परामर्श केन्द्र प्रा.लि.” रहेको थियो। संस्थाकी सुनन्दा पाण्डे नेतृत्वमा सञ्चालन गरिएको उक्त तालिममा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उहाँले नै प्रशिक्षण तालिम दिने छन् ।

व्युटी पार्लर तालिम कार्यक्रम प्रमुख अतिथिका रूपमा वडा नं. ९ का वडाध्यक्ष रामलाल राना उपस्थित थिए। उनले तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा अतिथिका रूपमा रहेका समाजसेवी तथा वडा सदस्य जय बहादुर बि.क. ले पनि सीपमूलक तालिमको प्रभाव स्थायीत्वमा जोड दिनुपर्नेमा आफ्नो विचार व्यक्त गरेका थिए भने सिप सिकेर व्यवहारिक जीवनमा लागू गर्न पनि उहाँले आग्रह गरेका थिए।

तालिम प्रशिक्षकले सहभागी महिलाहरूलाई सौन्दर्यसम्बन्धी विभिन्न आधारभूत सीपहरू प्रदान गरेका थिए। प्रशिक्षण अवधिभर महिलाहरूले कपाल काट्ने, फेसियल गर्ने, मेकअप गर्ने, हात–खुट्टा सफा गर्ने जस्ता सीपहरूमा व्यावहारिक अभ्यास गरेका थिए।

सहभागी महिलाहरूले तालिमबाट आफूहरू आत्मनिर्भर बन्ने प्रेरणा मिल्ने अनुभव सुनाएका थिए। तालिमले महिला सशक्तीकरणतर्फ एक महत्वपूर्ण पाइला चालेको भन्दै उनीहरूले वडाप्रति आभार व्यक्त समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply